भिटेनले हटाएर फेरि किन ल्याए गीत  ?

Avatar
admin

२०७९ कार्तिक २ गते, बुधबार १७:३७ मा प्रकाशित

काठमाडौं, कात्तिक २, २०७९
sharethis sharing button

विवादका कारण सधै चर्चामा रहने र्यापर हुन् भिटेन । उनी कुन समय के कारणबाट विवादमा छाउँछन् त्यो कसैले अनुमान गर्न सक्दैनन् । गतसाता जापान कन्सर्टमा गरेको हर्कतका कारण थप विवादित बनेका उनको स्वास्थ्यलाई लिएर  फ्यानमा चिन्ता छ । त्यसैले पनि सामाजिक सञ्जालमा समेत भिटेनलाई मानसिक स्वास्थ्यको ख्याल गर्न धेरैले सुझाएका छन् ।


बुधबार भने उनले आफ्नो गीत केहीबेर हटाएर फेरि अपलोड गरेका छन् । १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक सबै गीत हटाएर उनले फेरि राखेका हुन् । उनले यसो किन र कसका लागि गरे अहिले सार्वजनिक गरिएको छैन । तर उनको गीत सामाजिक सञ्जालबाट हट्नु र फेरि आउनुलाई विभिन्न अड्कलबाजी हुन थालेका छन् । गीत मात्र होइन, उनले इन्स्टाग्रामबाट दुई पोस्ट बाहेक सबै पोष्ट हटाएका छन् ।



रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट पहिलो पटक चर्चामा छाएका थिए । त्यसपछि ‘हामी यस्तै त हो नि ब्रो’ गीत ल्याएर युवा माझ उनी प्रिय बन्न पुगे ।