पैदल यात्रा कार्यक्रममा ओली सहभागी

Avatar
admin

२०७९ कार्तिक २९ गते, मंगलवार १२:२५ मा प्रकाशित

काठमाडौं, कात्तिक २९ गते । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । मङ्गलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरिएको हो । पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो ।

पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहनेछ । पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

पैदल यात्राका क्रममा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।