हिमालको काखमा योग [फोटोफिचर]

Avatar
admin

२०७९ मंसिर १४ गते, बुधबार १२:१३ मा प्रकाशित

काठमाडाैं- गण्डकी आयुर्वेद,कास्कीको आयोजनामा जीवनशैली व्यस्थापन एवं योग कार्यक्रम मादी गाउँपालिका १ को पर्यटकीय गाउँ सिकलेसमा मंसिर १० र ११ गते सम्पन्न भएको छ। डा कुमार कासुला,डा अच्युतशाली घिमिरे, नवीनकिरण भुषाल, कृष्ण प्रसाद पौडेल, अनिस दास लगायतको टिमले एक दिन सैद्धांतिक र अर्को दिन प्रयोगात्मक कक्षा सञ्चालन गरेक थिए। उक्त कार्यक्रमको प्रयोगात्मक कक्षा सिकलेस पार्कमा हिमालको सामुन्ने गर्दा मनमोहक देखिएको थियो। करिब ३० जना स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, वडाका कर्मचारी,शिक्षक,टोल समितिका पदाधिकारी, आमा समूह लगायत अन्यले उक्त कार्यक्रमको फाईदा लिएको डा अच्युतशाली घिमिरेले जानकारी दिए।

संस्कृतको युज् धातुबाट बनेको योगको अर्थ हुन्छ जोड्नु। आत्माको परमात्मासँगको मेल नै योग हो। ‘योग:चित्तवृत्ति निरोध’ -पतञ्जलि, अर्थात चित्त(मन) का वृत्तिको निरोध नै योग हो। विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक,मानसिक,सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँदछ। शान्तिका दूत गौतम बुद्धदेखि भगवान शिव र हजारौं ऋषिमुनिहरुको साधनाभूमिको रुपमा रहेको नेपाल योगको उद्गम भूमिको रुपमा स्थापित छ।

विभिन्न मानसिक विकारहरुलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउँदा, योग मार्फत शान्ति प्राप्त हुन सक्छ। योगले विभिन्न आसन, प्राणायम, ध्यान, समाधि, षट्क्रियामार्फत लोभ,मोह र क्रोधबाट मुक्त गराउन सक्छ। अव्यावहारिक जीवनशैलीमा परिवर्तन गराउँदै खानपान, कुलत, तनावबाट मुक्त गराई योगले मानिसमा असल जीवनयापनका पद्धतिहरु विकास गर्दछ। दीर्घकालिन एवं नसर्ने रोगहरुको नियन्त्रण र उपचारमा उपयोगी हुने योगले शरीरका विभिन्न दोषहरुलाई निकालेर शुद्धिकरण प्रक्रियामा भूमिका निभाउँदछ।यसरी सु-स्वास्थ्य एवं साधनामार्फत योगले व्यक्ति,समाज र राष्ट्रमा शान्ति,सहिष्णुता,एकता,भातृत्वको भावना जागृत गर्न मद्दत पुर्‍याउँदछ।

31669786516.jpg

41669786516.jpg

Nic-asia

21669786513.jpg

11669786513.jpgkk1669786379.jpg