एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेजले अस्कर अवार्डमा दिइने दस विधाको मनोनयन सूची सार्वजनिक गरेको हो। डकुमेन्ट्री, इन्टरनेसनल फिचर, लाइभ–एक्सन, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, ध्वनि र भिजुअल इफेक्टजस्ता विधामा मनोनयन सार्वजनिक गरिएको थियो।
भारतीय चलचित्र ‘लास्ट फिल्म सो’ र पाकिस्तानी चलचित्र ‘जोयल्यान्ड’ अन्तर्राष्ट्रिय फिचर विधामा छनोट भएका छन्। भारतीय चलचित्र ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मौलिक गीत विधाको मनोनयनमा परेको छ। ओरिजिनल स्कोरतर्फ ‘अवतारः द वे अफ वाटर’ को बेबीलोन, ‘ब्ल्याक प्यान्थर’को ‘वाकान्डा फरेभर’ गीत छनोट भएका छन्। अस्कर अवार्डको ९५औँ संस्करणको समापन समारोह मार्च १२ मा हलिउडको डब्ली थिएटरमा आयोजना हुनेछ।