
प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उप्रेन्द्र यादवलाई भेटेका थिए । त्यसलगत्तै एमाले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारतर्फ लागेका हुन् ।

पाँच दलीय गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार गएका हुन् । प्रचण्ड र ओलीको खुमलटार बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बोलाइएको प्रचण्ड स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
साथै, एकीकृत समाजवादीलाई सरकारमा ल्याउने पहलका लागि मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए ।

