गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखामा बुधबारदेखि महोत्सव सुरू भएको हो । महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी थिए ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा गएका हुन् । गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।




