काठमाडौं, माघ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ ।
राष्ट्रपति भण्डारीले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
‘‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते शुक्रबार दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।