प्रेमको साधना (कविता)

Avatar
admin

२०७९ माघ २८ गते, शनिबार ११:१५ मा प्रकाशित

तिमीसँग हिँडेका बाटाहरू

तिमीले चिनाएका मान्छेहरू

तिमीसँग पुगेका देवलहरू

सबै प्रिय लाग्छन् मलाई ।

त्यो साँझको ओर्लिंदै गरेको अँध्यारो

र हाम्रो अनुहारमा फक्रिरहेको खुसीको उज्यालो

तिमीले तौली तौली बोलेका शब्दहरू

र बेपर्वाह मैले  सोधिरहेका अनगन्ती प्रश्नहरू

नबोलेरै तिमीले दिने जवाफ

र तिम्रो आँखामा प्रस्ट देखिने

प्रेमको त्यो अजम्बरी स्वरूप

सबै प्रिय लाग्छन् मलाई  ।

लेख्दै मेट्दै गरेको कविताको

हरफ हो कि मेरो चाहना

रेस्टुरेन्टमा बल्दै निभ्दै गरेको

बत्ती हो कि हाम्रो सपना

तिम्रो स्पर्शमा भेटिने

आनन्द र नमेटिने प्यास,

प्राप्ति हो कि आकाशको क्षितिज ?

सबै प्रिय लाग्छन् मलाई  ।

के मन पराउनु र मन पराइरहनु नै प्रेम हो ?

सदैव सँगै खोज्नु र खोजिरहनु नै प्रेम हो ?

प्रश्नहरू सबै प्रिय लाग्छन् ।

मलाई थाहा छ, म प्रेमको साधनामा छु ।

गोप