उहाँले सो प्रदेश सरकारमा अहिले एकीकृत समाजवादी र नेपाली कांग्रेस मात्रै रहेको बताउनुभयो । उहाँले यो सुरुवातजस्तो देखिएकाले हौसला बुलन्द पार्न नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि ५० प्रतिशत उम्मेदवार जिताउन सफल भएको दाबी गर्नुभयो ।
नेपालले अरू पार्टीले कम उम्मेदवार उठाउँदा पनि कम सिट हासिल गरेको र आफूहरूले कम उम्मेदवार उठाउँदा पनि ५० प्रतिशतभन्दा बढी उम्मेदवारलाई जिताएको तर्क गर्नुभयो ।
उहाँले शासनको अन्तिम फैसला गर्ने ठाउँ नै जनता भएको भन्दै समुदायका सवाल उठान गर्न र जनसरोकारका काममा लाग्न कार्यकर्तालाई निर्देशन गर्नुभयो । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीको कमी नभएको बताउनुभयो । उहाँले नेपालमा दलाल पुँजीपति, शोषक, कमिसन खोर, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीका दलाल रहेको बताउनुभयो ।