देश


शैक्षिक गुणस्तर सुधार्न सामूहिक प्रतिवद्धता


दुर्गा रोकाय
१९ भाद्र नेपालगन्ज,खजुरा÷गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्पकहरुले सोमवार खजुरामा आयोजित एक कार्यक्रममा ३१ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् । यसरी साझा रुपमा गरिएको प्रतिवद्धता भोलिदेखि नै कार्यान्वयनमा लैजानसमेत उनीहरुले बताएका छन् । पूर्व प्राथमिक कक्षालाई मन्टेश्वरी पद्धतीको रुपमा विकास गर्ने, कक्षा कोठा  शैक्षिक सामाग्रीयुक्त बनाइने, एक कक्षा कोठामा ४० बढी विद्यार्थी राख्न नपाइने, शिक्षक, विद्यार्थीको पोशाक अनिवार्य गर्ने, शिक्षण सुधारको हरेक विद्यालयले अनियार्वरुपमा योजना बनाउने, विद्यार्थी, शिक्षक दुबैका लागि आचारसंहिता बनाएर लागू गर्ने, विद्यार्थी सिकाई चार्ट स्पष्ट झल्किने गरी कक्षामा टाँस्ने, भौत्तिक संरचना नभएका विद्यालयमा त्यसको विकास गर्ने, मन्टेश्वरीको हकमा खजुरा गाउँपालिकाको शिक्षा नियामावलीले तोकेको मापदण्ड कायम गर्नु पर्नेलगायतका प्रतिवद्धतामा हस्ताक्षर गरिएको छ । लाइसेन्स प्राप्त शिक्षकलाई मात्र छनौट गरिने र छनौट विधिमा समेत परिमार्जन गरिएको छ । माथिल्लो निकायबाट गरिएका परिपत्र हुबहु कार्यान्वयन गर्ने, झुटोे विवरण पेश गर्न नपाइने, शिक्षक, कर्मचारीको प्रोफाइल बनाई गाउँ शिक्षा समितिमा पेश गर्नु पर्ने, जथाभावी शुल्क असुली बन्द गर्नु पर्ने, अनुगमनलाई तीव्रता, उत्कृष्टलाई पुरस्कृतलगायतका बुँदाहरुमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा शिक्षा विकास समन्वयन इकाई प्रमुख गोरखबहादुर थापाले शिक्षकहरुले पेशागत जिम्मेवारी, मूल्यमान्यता र मर्यादा पालना गरेको खण्डमा देशका भविष्यका कर्णधार विद्यार्थीको शिक्षाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका शैक्षिक सुधारका लागि दृढताका साथ अगाडि बढेको बताए । उनले एक वर्षभित्र शैक्षिक सुधार गर्ने विद्यालयलाई अनुदान थप गरिने जानकारी दिँदै खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा शिक्षाको क्षेत्रमा २० करोड बजेट विनियोजन गरेको बताए । कार्यक्रममा राजनीतिक सल्लाहकार भीम वलीले भोलिदेखि नै कार्यान्वयनमा आउने बुँदाहरु कार्यान्वयन गर्न शुरु गरेर यसलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए । खजुरा गाउँपालिका स्रोत व्यक्ति टंक दाहालले संचालन गरेको कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज ढकाल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, जनता नमूना माविका प्रअ शशिराम कार्की, इशाका अध्यक्ष सतिश निरौला, नेरा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामगोपाल यादवलगायत विभिन्न विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्नो धारणा राख्दै शैक्षिक सुधार अभियानलाई मूर्तरुप दिन लागि पर्ने बताए । खजुरा क्षेत्रमा ३१ सामुदायिक र १७ संस्थागत विद्यालय संचालनमा छन् ।

सडकमा धेरै खाल्डाखुल्डी परेपछि गुलरिया वरपर असहज आवागमन


thumbnail

प्रेम विश्वकर्मा
१९ भाद्र गुलरिया,बर्दिया÷बढि आउजाउ हुने सडकमा खाल्डाखुल्डी परेपछि बर्दियाको गुलरिया वरपर सहज आवागमन हुन सकेको छैन । गुलरिया नगरपालिका कार्यालय देखी राधाकृष्ण चोक, वसपार्क, जिल्ला प्रहरी कार्यालय हुदै भन्सार रोड, गुलरिया नेपालगंज बाइपास रोड (पशुवध शाला) वरपर, ठाउँ(ठाउँमा धेरै खाल्डा खुल्डी परेपछि आवागमन असहज बनेको हो । मुख्य बजार क्षेत्र मात्र नभई कतिपय भित्री सडकहरु समेत हिलाम्मे र जलाम्मे हुदाँ आउजाउमा निकै सास्ती ब्यवहोर्नु परेको सर्वसाधारणले गुनासो गरेका छन । गुलरिया नगरपालिका अन्र्तगत पर्ने १२ वटा वडा मध्ये अधिकांश वडाको समस्या उस्तै छ । उता गुलरिया नगरपालिकाका नगर उपप्रमुख सुशिला गिरीले भने यस विषयमा आफु जानकार रहेको भन्दै सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताउनुभयो । हुलाकी राजमार्ग अन्तर्गत पर्ने सडकलाई नगरपालिकाले केही गर्न नमिल्ने भएकाले त्यतिकै रहेको उहाँको दाबी छ । नगर क्षेत्र भित्रका अन्य सडक मर्मत संम्भार गरी आवागमनलाई सहज बनाउन आफुहरु लागी परेको नगर उपप्रमुख सुशिला गिरीको भनाई छ । सडक नबन्दा सम्म सहज आवागमनका लागी नगरभित्रका खाल्डाखुल्डी पुरर्ने (मेन्टिनेन्स) गर्ने दायित्व नगरपालिकाको हो की होइन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, दायित्व त हो तर हुलाकी राजमार्ग अन्र्तगत पर्ने भएकाले हामीले केही गर्न नसकेका हौं, यस विषयमा प्रमुख ज्यूले पनि पहल गरिरहनु भएको होला, मैले कुरा उठाएको थिए, सिडियो सावलाई पनि हामीले भनेका छौं, यो सडक सगँ सम्बन्धित सबै कार्यालयहरु नेपालगंजमै छन, सडक निर्माणको जिम्मा पाएका निकायहरुलाई चाँडै काम गर्न दवाव दिन्छौ ।”
हुलाकी राजमार्ग, सर्वसाधारणलाई सास्ती
हुलाकी राजमार्ग वरपरका सर्वसाधारणले हिउँद, गर्मीमा धुलो र बर्खामा हिलोका कारण नराम्ररी सास्ती ब्यवहोर्नु पर्ने अवस्था छ । बर्दियाको भूरीगाउँ, गुलरियादेखि मूर्तियासम्मको ३६ किलोमिटर दुई लेन पक्की सडक निर्माणको कार्यमा भएको ढिलाईले बढि समस्या ब्यवहोर्नु पर्ने अवस्था आएको हो । बाँके, बर्दिया र दाङ्ग जिल्ला हेदैँ आएको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगंजका प्रमुख (सिडिइ) कृष्णनाथ ओझाले खाल्डाखुल्डी परेको बारे आफुलाई जानकारी नआएको भन्दै अब निर्माण ब्यवासायिलाई आवागमन सहजताका लागी खाल्डाखुल्डी पुरर्न (मेन्टिनेन्स) गर्न लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाले गर्दा हुलाकी सडक निर्माणको कार्यमा केही स्पिड कम भएको हो, तर अब स्पिड बढ्छ, २०७६ असार मसान्त भित्र सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।” नेपाल भारत सहयोगमा बन्ने भनिएको दुई लेन कालो पत्र सडकको निर्माण कार्य सन २०१२ देखी जि.भी.आर.इन्फ्रा प्रोजेक्ट्स लिमिटेड चेन्नई भारतको ठेकेदार कम्पनीले शुरुवात गरेको थियो । प्रथम चरण अन्तर्गत नेपालको तराई क्षेत्रमा कुल ६ सय ५ किलोमिटर सडक ने.रु १ हजार २ सय ४१ करोड अनुमानित लागतमा वन्न लागेको थियो । जसको परामर्शदाता राईट्स लिमीटेड, भारत र संयोजक नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय रहेको थियो । बजेट अभावमा ठेकेदार कम्पनीले घाटा हुने संम्भावना देखेपछि विचँैमा निर्माण कार्य छोडेर गयो । खन्ने र भत्काउने कार्य हुदाँ हुदैँ भुरिगाउँ, गुलरिया देखी मुर्तिया सडक खण्डको निर्माण कार्य केही वर्ष थप्प रह्यो । त्यसपछि नेपाल सरकारले पुन ः अर्काे ठेक्का टेन्डरको आह्वान ग¥यो । र अहिले फिल्डमा काम भईरहेको छ । तर तिब्रता दिन अझै सकिएको छैन ।
प्रभावकारी समन्वयको अभाव
हुलाकी राजमार्ग निर्माणको कार्यलाई तिब्रता दिने सन्र्दभमा प्रभावकारी समन्वय सहकार्य भने हुन नसकेको पाईएको छ । जसका कारण पनि सडक निर्माणको कार्यमा ढिलाई गरी निर्माणको जिम्मा पाएका ठेकेदारहरु पन्छिने गरेका छन । हुलाकी सडक अन्र्तगत पर्ने बनका रुखहरु कटानका लागी अहिले सम्म अनुमति प्रदान गरिएको छैन । विद्युत, टेलिफोनका पोल (खम्बा) हरु पनि समयमा सार्न सकिएको छैन । जसले गर्दा अपेक्षाकृत रुपमा आफुहरुले काम गर्न नपाएको निर्माण ब्यवासायिहरुले प्रतिक्रिया दिएका छन । २०७१ साल र २०७४ साल साउनको बाढिले बर्दियाका अधिकांश सडकहरु बिगारी दिएको थियो । कति मर्मत संम्भार गरियो । भने कति अझै गर्न सकिएको छैन ।
असार मसान्त भित्र सक्ने लक्ष्य
बर्दियाको भुरीगाउँ देखी गुलरिया हुदै मुर्तिहा सम्मको ३६ किलोमिटर दुई लेनको सडक कालो पत्र (पीच) गर्ने योजना छ । जसको सडक सिमा ३० मिटर कायम गरिएको छ भने ७ मिटर कालो पत्र (पीच) हुनेछ । यसै गरी १२ मिटर सोल्डर रहने छ । बजार क्षेत्रमा भने १४ मिटर कालो पत्र (पीच) गरिनेछ । भुरीगाउँ देखी ताराताल पुग्न ३ किलोमिटर बाँकी १८ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा शर्मा राजेन्द्र जे.भि.ले पाएको छ । त्यसपछि ताराताल, खैरापुर, गुलरिया हुदै मुर्तिहा सम्मको १८ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पप्पु कन्टूसनले पाएको छ । ३२÷३२ करोड लागतमा बनाउन लागीएको हुलाकी सडकको कुल लागत भने ६४ करोड रहेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगंजका सुचना अधिकारी सुरेश चौधरीले जानकारी दिनुभयो । यसैगरी बेलुवा चोक देखी राजापुर सम्मको २१ किलोमिटर सडक निर्माणका लागी आषिस कुमार श्रेष्ठ जे.भि.ले जिम्मा पाएको छ । जसको लागत ३० करोड रुपैया रहेको छ । यो सडक पनि २०७६ असार मसान्त सम्म सक्नुपर्ने भनिएको छ । कर्णाली पुल एप्रोचको ५ किलोमिटर सडक १० करोडको लागतमा बनाउन थालीएको थियो । जसको निर्माण कार्य सम्पन्न गर्ने समयावधि यही भदौ सम्म भएपनि निर्माण कार्य पुरा नभएकाले म्याद थपको लागी पहल थालिएको छ । यो सडक निर्माणको जिम्मा सिएवी कन्टूसनले पाएको छ । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगंज अन्र्तगत नै रहेको ४० मिटर लामो बुढी खोला पुल ६ करोड रुपैयाको लागतमा निर्माण गरिदै छ । यसको अहिले सम्म जग उठाउने काम मात्र भएको छ भने पानी जमेर काम हुन सकेको छैन । गुलरियाको बबई बहुमुखी क्याम्पस अगाडि रहेको यो पुल निर्माणको जिम्मा राजेन्द्र सिद्धनाथ यादव जे.भि.ले पाएको छ । यसैगरी गुलरिया मुर्तिहा जोड्ने ४० मिटर लामो सर्जु खोला पुल पनि ६ करोडको लागतमा निर्माण गरिदै छ । यो पुल निर्माणको जिम्मा बि.टी. कन्टूसनले पाएको छ ।

लागु औषध बेचबिखनको आरोपमा पक्राउ


पबित्रा पौडेल
५ भाद्र गुलरिया,बर्दिया÷आइतबार लागु औषध सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध बेचबिखन गरेकोे भन्न्ो गोप्य सूचनाको आधारमा जिल्ला  प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउसो  को  समयमा उक्त ब्यक्ति हरुलाई  पक्राउ गरेके हो । पक्राउ पर्नेमा मधुबन नगरपालिका–८ श्रीनगर   स्थित मधुबन नगरपालिका–६ गाँउ नंंंंंंंंं.२ बस्ने   मुकेश तिरुवा,वार्ड नं. ८ बस्ने मुकेश  चौधरी, वडा न.ंं ९ बस्ने चेतन भन्ने निकेश बि.क., वडा नं. ८ गाँउ नं ६ बस्ने र्कष्ण बहादुर रामजालि,  सोहि    नगरपालिका–६ गाँउ नं.४ बस्ने प्रकाश गौतम रहेका छन् । लागु औषध बेचबिखनको आरोपमा पक्राउ  परेका उक्त ब्यक्तिहरुको खानतलासीको क्रममा साथमा प्रहरीले लागु औैैैैषध समेत बरामद गरेको छ । मुकेश तिरुवावको साथबाट ५०० मिली ग्राम लागु औषध ब्राउन सुगर,मुकेश चौधरीको साथबाट ५५ ग्राम लागु औषध गाजा,चेतन भनिने निकेश बि.क.को साथबाट रु १५ हजार बरामद गरेको छ । यसबारेमा थप खोज अनुसन्धान भईर
हेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो । यस किसीमका लागु औषधसम्बन्धी धेरै  किसीमका उजुरी प्रहरीमा पर्ने गरेको छ । खासगरी युबा बर्ग यस्ता लतमा फस्ने गरेका छन् ।