कण्ठपुरमा बिओपी स्थापनाः सिमा र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्धता ः डिआईजी प्रधान

Avatar
admin

२०७७ माघ २० गते, मंगलवार १८:२६ मा प्रकाशित

दलबहादुर सुनार

बर्दियाको  बढैयाताल ८ स्थित कण्ठपुरमा अवस्थित  सशत्र प्रहरी बल नेपाल  बि.ओ. पी.को  आज बिधिवत रुपमा  उद्धघाटन भएको छ ।

सशत्र प्रहरी बल नं ५ बिन्दबासीनका बाहिनीपती प्रहरी नायव माहानिरक्षक किशोर प्रधानले एक कार्यक्रममा बि.ओ. पी . को उद्धघाटन गर्नु भएको हो ।  उद्धघाटन कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका  नायब महानिरिक्षक प्रधानले सभालाई सम्बोधन गदै   सशत्र प्रहरी बलले  सिमा सुरक्षाका साथै नागरिकको शान्तिसुरक्षा गर्ने प्रतिवद्धता जनाउनु भएको छ।  सिमामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नु  बि.ओ. पी. को प्रमुख दायित्व  भएको बताउदै   सिमानामा हुने चोरी निकासी ,  मानब बेचबिखन , लागुऔषध ओसार पसार , राजस्व चुहावट  जस्ता कार्यलाई पुर्ण रुपमा नियन्त्रण गर्नका  लागि   कानुनको अक्षरस  पालन गर्न  डिआईजी प्रधानले मातहतका सुरक्षा निकायका प्रमुख लाई  समेत निर्देशन दिनु भयो  ।

बि.ओ. पी.को  नवनिर्मित भवन उद्धघाटन तथा हस्तान्ण कार्यक्रममा प्रमुख अथिति डिआईजी प्रधानले  लुम्बिनी प्रदेशमा ५९ वटा बि.ओ. पी. स्थापना गर्ने सरकारको योजना अनुसार  ३९ वटा स्थापना भएको भन्दै  नेपाल भरीको बि.ओ. पी.को संख्या लाई आधर मान्दा बि.ओ. पी. कण्ठपुर २००औ स्थानमा भएको बताउनु भयो ।  सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधी लगाएतका तस्कर चोरीपैठरी जस्ता क्रयाकलापको नियन्त्रण  गर्न  अन्य  सुरक्षा निकाय ,  स्थानिय सरकार र नागरिक समाजको समन्वय र सहकार्यमा  सम्भबहुने  भएकोले    सबैले प्रभाबकारी भुमिका खेल्नु पर्नेमा डिआईजी प्रधानको जोड रहेको थियो  ।

बि.ओ. पी. उद्धघाटन कार्यक्रमका  प्रमुख अथिति  सशत्रका प्रहरी नायव माहानिरक्षक किशोर प्रधान लाई  बाँसगढी नगर पालिकाका प्रमुख शालिकराम अधिकारी , बढैयाताल गाउँ पालिका अध्यक्ष लालबहादुर श्रेष्ठ ले करिब २० लाखको लागतमा निर्मित  बि.ओ. पी.को भवन  संयुक्त रुपमा हस्तान्तरण  गर्नु भएको थियो ।

कार्यक्रममा दुइ पालिकाका प्रमुख उपप्रमुख,अध्यक्ष उपाध्यक्ष,    जग्गादाता लोक बहादुर बि.क.  ,   शुभकामना एकेडेमीका प्रिन्सिपल तेजनाथ पौडेल लगाएतका ब्यक्तिहरु प्रमाण पत्र र देसल्ला वाट सम्मानीत हुनु भयो  ।

सशत्र बल नेपाल ३१ नम्बर गण गुलिरया बर्दियका प्रमुख प्रहरी उपरिक्षक नर बहादुर रावतले संचालन गर्नु भएको उक्त कार्यक्रममा  बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केदार रजौरे ,  अनुसन्धानका प्रमुख , बाँसगढीका उप प्रमुख सुष्मा चैधरी  र बढैयातालका उपाध्यक्ष दिपाकुमारी गौतम स्थानिय  वडा अध्यक्ष लगाएत जनप्रतिनिधी , राजनितीक दलका प्रतिनिधी , समाज सेबी , पत्राकारहरु लगाएतको सहभागिता  रहेको उक्त कार्यक्रमको अवसरमा बि.ओ. पी. को क्षेत्रभित्र बृक्षारोपण समेत गरिएको  बि.ओ. पी. कण्ठपुरका प्रमुख प्रहरी निरक्षक नबिन बुढाले जानकारी गराउनु भयो ।