फुटबल टोली मंगलबार इराक प्रस्थान गर्ने

Avatar
admin

२०७८ जेष्ठ ५ गते, बुधबार १७:३७ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोली कतार एयरलाइन्सको विशेष उडानबाट आगमी मंगलबार इराक प्रस्थान गर्न लागेको होे । टोलीले इराकसँगको मैत्रीपुर्ण खेलपछि विश्वकप र एसियन कप छनोटका लागि कुवेत जानेछ । टोली १२ जुनमा स्वदेश फर्कनेछ ।

नेपालले २९ मेमा इराकसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टोली विश्वकप छनोटको बाँकी तीन खेलका लागि कुवेत प्रस्थान गर्नेछ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका खेलका लागि मंगलबार २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका थिए । प्रशिक्षक अलमुताइरीले थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके ।

फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । मिडफिल्डर कमल थापा, सुरज ज्यु ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् ।

प्रारम्भिक टोलीमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्का तथा मिडफिल्डर रवी पासवानले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यसबाहेक पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन्

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोली कतार एयरलाइन्सको विशेष उडानबाट आगमी मंगलबार इराक प्रस्थान गर्न लागेको होे । टोलीले इराकसँगको मैत्रीपुर्ण खेलपछि विश्वकप र एसियन कप छनोटका लागि कुवेत जानेछ । टोली १२ जुनमा स्वदेश फर्कनेछ ।

नेपालले २९ मेमा इराकसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टोली विश्वकप छनोटको बाँकी तीन खेलका लागि कुवेत प्रस्थान गर्नेछ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका खेलका लागि मंगलबार २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका थिए । प्रशिक्षक अलमुताइरीले थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके ।

फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । मिडफिल्डर कमल थापा, सुरज ज्यु ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् ।

प्रारम्भिक टोलीमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्का तथा मिडफिल्डर रवी पासवानले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यसबाहेक पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।हाम्रो खेलकुद