२ हजार ९८१ संक्रमित थपिए, ५ हजार १४७ जना संक्रमणमुक्त

Avatar
admin

२०७८ जेष्ठ ३१ गते, सोमबार १७:४० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ९ हजार ४ सय ३८ पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआरमा २ हजार ४९ र एन्टीजेनमा ८६९ जनामा पोजिटिभ देखिएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ । गत २४ घण्टामा ५ हजार १ सय ४७ ना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ।