टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरण पुग्न भने असफल

Avatar
admin

२०७८ श्रावण १३ गते, बुधबार १६:५६ मा प्रकाशित

काठमाण्डाै – जापानमा भइरहेकाे टाेकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् ।

चार जना खेलाडी रहेको हिट चरणमा गौरिका तेस्रो भइन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

उनले सन् २०१९ मा दक्षिण काेरियामा भएकाे विश्व च्याम्पियनशिपमा भने एक मिनेट ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र शुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।