राजेशपायलले गरे ‘डन २’ को सुरुवात

Avatar
admin

२०७८ श्रावण ३१ गते, आईतवार १९:१२ मा प्रकाशित

वि.सं २०६३ को हिट फिल्म ‘मिस्टर डन’को सिक्वेलको रुपमा ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सुरुवात गीत रेकर्डिङबाट गरिएको छ । फिल्ममा  रहने ‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीत गायक राजेश पायल राईले आफ्नो स्वरमा रेकर्ड गराएका छन् । विकास चौधरीको संगीत रहेको गीतमा हरि उप्रेतीको शब्द छ ।

दिनेश थापा प्रस्तुतकर्ता समेत रहने फिल्मका निर्माता  निर्मल लामा, बिक्रम तामाङ र हेलेन पाख्रिन हुन् । दिनेश पाख्रिनकै कथा रहेको फिल्मको कलाकार छनौटको क्रममा रहेको छ । गोपालकाजी कायस्थाले वितरणको जिम्मा लिएको फिल्म दशैं पछि फ्लोरमा जाने निर्देशक दिनेश पाख्रिनले बताए । त्यसअगाडि फिल्मको घोषणा कार्यक्रम गर्ने आफ्नो योजना रहेको पाख्रिनले सुनाए ।