राष्ट्रिय क्रिकेट टोलि मङ्गलबार ओमान प्रस्थान गर्ने

Avatar
admin

२०७८ भाद्र ५ गते, शनिबार २०:२० मा प्रकाशित

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ ।
संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ वाटमोर, ब्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो बिक्रम न्यौपाने र नवनियुक्त ट्रेनर काशिभाई गोहिल ब्यवस्थापकीय टोलिमा रहनुहुनेछ ।
टोलि भाद्र आठ गते मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लबाट सलाम एयरले ओमान प्रस्थान गर्नेछ ।
नेपालले ओमान अमेरिकासम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंला खेल्नेछ । उक्त श्रृखंला सेप्टेम्बर १३ मा सुरु हुनेछ । सेप्टेम्बर २० मा सम्पन्न हुनेछ । नेपाल विश्वकप क्रिकेट लिग २ को छैठौं स्थानमा छ । ओमान हुने श्रृखंला जितेर नेपाल अङ्कतालिकामा माथि उक्लिन प्रयासरत रहनेछ । नेपालले हालसम्म चार खेलमध्ये मात्र दुईमा जित हात पारेको छ । ओमानले भने दश खेलमध्ये आठमा जित हात पारेर शीर्ष स्थानमा छ ।