निलहिरा समाजद्वारा बर्दियामा पनि गाईजात्रा मनाइयो

Avatar
admin

२०७८ भाद्र ८ गते, मंगलवार १०:०७ मा प्रकाशित

गुलरिया÷निल हिरा समाजले नेपालले १८ औं गाईजात्रा पर्व एवं २३ अगस्त २०२१ उत्सवको रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
लैङ्िगक विविधता चुनौती र लैङ्िगक व्यवहारहरु र भेदभाव,सम्झना टुकेदर रेस्टिङ सपोर्टिङ हिलिङ भन्ने नाराका साथ नेपालमा १८ औं गाईजात्रा मनाउन मनाइरहेका छन ।
सोही सन्दर्भमा बर्दियाको सदरमुकाम गुलरियामा पनि झाँकी प्रदर्शन गरिएको थियो ।सुन्दर संसार बर्दियाको कार्यालयबाट निस्किएको झाँकीमा विभिन्न नारा सहित प्लेकार्ड र व्यानरमा गुलरिया नगरपरिक्रमा गरी बंगलामुखी मन्दीरमा दीप प्रज्जवलन सहित कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई गुलरिया नगरपालिकाका उपप्रमुख शुसिला गिरीले सम्वोधन गर्र्दै नेपाली संस्कृतिमा गाई जात्रा पर्वको छुट्टै महत्व रहेको उल्लेख गर्नु भयो ।
विशेषगरी राजधानी काठमाडौंमा नेवार समुदायले मनाउने यो पर्व कलाकार लगायत यौनिक अत्पसंख्यकहरुले पनि आ–आफ्नै तरिकाले मनाउने गरेको बताउनु् भयो ।उपप्रमुख गिरीले यस्ता पर्वले विभिन्न जातजातिको मौलिकता झल्कीले समेत उल्लेख गर्नु भयो ।त्यसैगरी बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण ओलीले गाई जात्रा पर्वको महत्वका विविध पक्षको उल्लेख गर्नु हुँदै यौनिक अत्पसंख्यकहरुले भोग्नु परेका पारिवारिक,सामाजिक र कानूनी समस्याका विषयका चर्चा गर्नु भएको थियो ।
यौनिक अत्पसंख्यकहरुलाई आफ्नो क्षमता र योग्यता अनुसार रोजगारीको व्यवस्था राज्यले गर्नु पर्नेमा जोड दिनु भयो । तीन तहका सरकारहरुले यौनिक अल्पसंख्यकहरुलाई विशेष कार्यक्रम बनाएर सम्वोधन गर्न समेत सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा सुन्दर संसार बर्दियाका अध्यक्ष सपना थारुले गाई जात्रा पर्व र यौनिक अल्पसंख्यकहरुले मनाउनुका कारण वारेका जानकारी दिनु भएको थियो ।
गाईजात्रा एउटा नेपाली परम्परागत पर्व हो। जसमा सर्बसाधारण एक भएर माया सद्भाव साटा साट गर्दछन । गाईजात्रामा मानिसहरु विभिन्न भेषभुसा पोसाक लगाएर उत्सब मनाउने गर्दछन । २००१ मा विडिएस स्थापना भएदेखि उत्सब निजि रुपमा संचालन गर्दै आइरहेको छ । जब बीडिएसले खुल्ला रूपमा एलजीविटिआईक्यू प्राइद मनाउन सुरुवात ग¥यो धेरै एलजीविटिआइक्यू मानिसहरु बाहिर आउन सक्छ्म भए। किनकि सामाजिक र प्राकृति रूपमा यो एकदमै चुनौतीपुर्ण र विभिन्न बाधा वेवधान आइपरेका सुन्दर संसार का अध्यक्ष सपनाले बताउनु भयो ।यसका लागि सबैको वर्ग,समुदाय र सरकारको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो ।
त्यसैगरी निलहिरा समाजका बर्दिया कार्यक्रम संयोजक काजल ले सहजिकरण गर्नु भएको थियो ।सो झाँकीमा यौनिक अत्पसंख्यक,जनप्रतिनिधी,मानवअधिकारकर्मी,समाजसेवी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।