कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी

Avatar
admin

२०७८ भाद्र १३ गते, आईतवार २०:०८ मा प्रकाशित

sharethis sharing buttonकाठमाडौं- नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड १९को एन्टीबडी देखिएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको हो।

कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले  सातै प्रदेश, हिमाल,पहाड,तराई,गाउँ शहरका सबै लिंग, उमेर,पेशा तथा सबै समुहमा समान एन्डीबडी देखिएको बताए।
उनले भने,‘एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूणर् मात्रा कोभिड खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ। यसले हामीले लगाइरहेको कोभिड खोप प्रभावकारी रहेको देखिन्छ।’

उनले अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिपर्वत गरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान आग्रह गरे।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय तहसँग सम्र्पक गरी निःशुल्क कोरोना परीक्षण गराउन समेत आग्रह गरेको छ।