सभापति देउवाद्धारा १० नेता केन्द्रीय सदस्य मनोनित

Avatar
admin

२०७८ पुष १७ गते, शनिबार १८:१७ मा प्रकाशित

१७ पुस  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिमा १० जना नेतालाई मनोनित गरेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम यि नेताहरुलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।