अभिनय गर्दा रमाइलो भयो : गायक विक

Avatar
admin

२०७९ कार्तिक २२ गते, मंगलवार १३:०३ मा प्रकाशित

मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। अभिनेता राजेश हमालले भिडियो आकर्षक बनेको भन्दै गीतको तारिफ गर्नुभयो। “गीतको भिडियो निर्माणमा मेहनत गरिएको देखिन्छ। बिनासम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारका लागि झनै राम्रो हो,” अभिनेता हमालले भन्नुभयो। गायक कृष्णले गीतसङ्गीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताउनुभयो। “यो मेरो दोस्रो प्रयास हो। अडियो र भिडियो बलियो बनाउने कोसिस गरेको छु। गायनसँगै अभिनय गर्दा रमाइलो भयो,” गायक कृष्णले भन्नुभयो। मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताउनुभयो। सो गीतमा स्वयं गायक कृष्णले अनु आचार्यसँग अभिनय गर्नुभएको छ।

गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एन्ड रीत खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भीएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, सञ्जय लामाको छायाङ्कन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ। सार्वजनिक गीत ‘नेपाल’ नामक युट्युब च्यानलमा उपलब्ध छ।