नृत्यमार्फत गिनिज वर्ल्ड रेकर्डको तयारी

Avatar
admin

२०७९ कार्तिक २९ गते, मंगलवार १३:२७ मा प्रकाशित

छिरिङ शेर्पा डान्सिङ रियालिटी सो डान्सिङ स्टार्स नेपालको विजेता हुनुहुन्छ। उहाँले कोरियोग्राफर सरोज प्रजासँग मिलेर जित हासिल गर्नुभएको थियो। शेर्पा फिल्म्स सङ्घ नेपालकी अध्यक्षसमेत रहेकी छिरिङ, मिस्टर एन्ड मिस टिन शेर्पाकी आयोजक पनि हुनुहुन्छ।

शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न सांस्कृतिक कलामा चर्चा कमाउनुभएकी छिरिङले नेपाली म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएको छ। जेडी तमु डान्सिङ स्टार्स नेपालमा नायिका तथा मोडल परमिता रानासँग जोडी बनाएर सेकेन्ड रनरअप हुनुभएको थियो।