सिद्धार्थ र मिङ्मालाई ‘सुपर डान्सर नेपाल’को उपाधि

Avatar
admin

२०७९ मंसिर ६ गते, मंगलवार १४:१० मा प्रकाशित

काठमाडौँ, मङ्सिर ६ गते । टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ ले हात पारेको छ।

शुक्रबार राति सम्पन्न फाइनलमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि हात पार्नुभएको हो। उहाँहरूले  १५ लाख रुपियाँ नगदसहित अन्य पुरस्कार पनि जित्नुभएको छ।

उक्त सोलाई भूषण दाहालले निर्देशन गर्नुभएको हो। भुवन केसी, जसिता गुरुङ र सुरेन राई सो का निर्णायक हुनुहुन्थ्यो।