फिफा ट्रफीका डिजाइनर

Avatar
admin

२०७९ मंसिर ७ गते, बुधबार १२:०७ मा प्रकाशित

विश्वकपको इतिहासमा इटालीको मिलानका प्रसिद्व मूर्तिकार सिल्भियो ग्याजानिगालाई ‘म्यास्ट्रो’ अर्थात् ‘महान् गुरु’ भनेर सम्झिने गरिन्छ। उनी सन् १९२१ जनवरी  २३ मा इटालीको मिलान सहरमा जन्मिएका थिए। ‘मोनालिजा’ बनाउने महान् कलाकार लिओनार्दो दा भिन्सी पनि मिलानमै जन्मिएका हुन्।

मूर्तिकार ग्याजानिगाले स्टाविलिमेन्टो आर्टिसटिको वर्तोनी कम्पनीमा काम गर्दा ‘फिफा कप ट्रफी’ डिजाइन गर्ने अर्डर पाएका थिए। ब्राजिलले सन् १९५८, १९६२ र १९७० तीन पटक जुलेस रिमेट विश्वकप जितेपछि कहिले पनि नफर्काउने गरी  ट्रफी लग्यो र फिफाले नवट्रफी निर्माण गर्नु आवश्यक भयो।

त्यसका लागि फिफाले खुला आह्वान ग¥यो। जसमा २५ राष्ट्रका ५३ जनाले नवफिफा ट्रफी बनाएर पेस गरे। त्यसमा सिल्भियो ग्याजानिगाले पनि भाग लिएका थिए। सन् १९७१ अप्रिल ५ मा फिफाको हेडक्वाटर ज्युरिखमा फिफाका अध्यक्ष स्टान्लेको अध्यक्षता उत्कृष्ट डिजाइन मूर्ति छनोट गर्न बैठक बसी ग्याजानिगाको डिजाइन सर्वसम्मत पारित गरिएको थियो।

ग्याजानिगाले आफ्नो डिजाइन ट्रफीलाई लक्स–वाक्स विधिबाट खोक्रो मूर्तिका रूपमा तयार पारेका थिए। उनले फिफाको नवीन ट्रफी  डिजाइन गर्न एक हप्तासम्म आफ्नो स्टुडियो मन्थन गरे। ट्रफी डिजाइन गर्दा खेलाडी र विश्वलाई ध्यान दिए उनले। खेलाडी र विश्वलाई प्रतिकात्मक रूपमा देखाउनु पनि थियो यस ट्रफीमा। साथै एकता, सरलता र शान्तिको साझा उपस्थिति पनि आवश्यक थियो त्यस ट्रफीभित्र। त्यस ट्रफीलाई उचाल्ने खेलाडीको राष्ट्रको प्रतिष्ठा गौरवमय होस् भन्ने पनि देखाउन चाहन्थे मूर्तिकार ग्याजानिगा।

अन्ततः मूर्तिकार ग्याजानिगाले लस्ट वाक्स विधिबाट ३६.८ सेन्टिमिटर उचाइ, वेस १३ सेन्टिमिटर व्यासको तथा १८ क्यारेट सुन प्रयोग गरी ६.१७५ किलोग्राम तौलको फिफा ट्रफी निर्माण गरे।

सन् १९७४ विश्वकपदेखि नयाँ ट्रफी विजेतालाई प्रदान गर्न थालियो। सन् १९७४ मा हल्यान्डलाई २–१ ले हराउँदै पश्चिम जर्मनीले पहिलो पटक नयाँ फिफा ट्रफी उचालेको थियो तर यो ट्रफी पनि ब्राजिल फुटबल सङ्घको मुख्य कार्यालयबाट एकाएक हरायो, चोरी भयो। व्यापक खोजी भयो तर अहिलेसम्म पनि भेटाउन सकिएन। तसर्थ फिफाले पुनः त्यस्तै ट्रफी निर्माण ग¥यो। यस नयाँ निर्माण ट्रफीमा १.८ किलोग्राम मात्र सुन प्रयोग गरिएको छ।

म्यास्ट्रो मूर्तिकार ग्याजानिगाले फिफा ट्रफीलगायत यूईएफए कप, युरोपिएन सुपर कप तथा अन्य थुप्रै इन्टरनेसनल ट्रफीको पनि डिजाइन गरेका छन्। ९५ वर्षको उमेरमा मिलानमै उनको निधन भएको थियो।

उनले धेरै सम्मान, पुरस्कार पाएका छन्। त्यसमध्ये मिलन सिटी काउन्सिलले प्रदान गरेको Certificate of Merit of the Ambrogino  मुइचय महत्वपूर्ण छ। उनका गाब्रियला र जर्जियो नाम गरेका दुई छोरा छन्। ती दुवै जना मूर्तिकार हुन्।