मतान्तर फराकिलो गराउँदै गृहमन्त्री खाण

Avatar
admin

२०७९ मंसिर ७ गते, बुधबार १४:२३ मा प्रकाशित

लुम्बिनी, मंसिर ७ गते । रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवंम् गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै जानुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका खाणले १४ हजार ३६६ मत प्राप्त गर्नुभएको छ ।

खाणका निकटतम् प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले १२ हजार ३१८ मत पाउनुभएको छ । खाण र बोहराबीचको मतान्तर २ हजार ४८ छ । अहिले सिद्धार्थनगरका विभिन्न वडाहरूको गणना चलिरहेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनुभयो ।