प्रतिनिधिसभा : कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)

Avatar
admin

२०७९ मंसिर ८ गते, बिहीबार १३:३० मा प्रकाशित

८ मंसिर २०७९, बिहिबार


काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

जसमध्ये नेपाली कांग्रेसले २६ स्थानमा जित निकाल्दै पहिलो स्थानमा छ । अघिल्लो निर्वाचन २०७४ मा पहिलो दल बनेको नेकपा एमाले यसपटक कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले हालसम्म १५ स्थानमा जित निकालेको छ ।

माओवादी केन्द्रले ७ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ६ स्थानमा जित निकालेको छ । यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नेमकिपाले १ सिट, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन्।

कांग्रेसबाट विजयी

१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं–१० राजेन्द्र केसी
१२. पर्सा–४ रमेश रिजाल
१३. सुर्खेत- २ हृदयराम थानी
१४. कैलाली- ४ वीरबहादुर बलायर
१५.म्याग्दी- खमबहादुर गर्बुजा (खम्वीर)
१६.दार्चुला- दिलेन्द्र प्रसाद बडु
१७.कञ्चनपुर ३- रमेश लेखक
१८. झापा १ – विश्वप्रकाश शर्मा
१९.ओखलढुंगा- रामहरि खतिवडा
२०.पर्सा २- अजय चौरसिया
२१.अछाम २- पुष्पबहादुर शाह
२२.भक्तपुर २ – दुर्लभ थापा
२३.म्याग्दी – खमबहादुर गर्बुजा
२४. दैलेख १ – दिक्पालकुमार शाही
२५. कञ्चनपुर २ – नारायणप्रकाश साउद

२६. बाँके ३ – किशोरसिंह राठौर

एमालेबाट विजयी

१. उदयपुर-२ अम्बरबहादुर रायमाझी
२.झापा-२ देवराज घिमिरे
३. झापा-५ केपी शर्मा ओली
४. ताप्लेजुङ- योगेशकुमार भट्टराई
५.पर्सा ३ – राजकुमार गुप्ता
६.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
७. मकवानपुर २ – महेशकुमार बर्तौला
८. लिलतपुर २ – प्रेमबहादुर महर्जन
९. कास्की २ – विद्या भट्टराई
१०. पर्वत – पदम गिरी
११. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१२. अर्घाखाँची – टोपबहादुर रायमाझी
१३. गुल्मी २ – गोकर्णराज विष्ट
१४. प्यूठान – सूर्यबहादुर थापा क्षेत्री
१५. रुपन्देही ५ – बासुदेव घिमिरे

माओवादी केन्द्र

१. रुकुम पूर्व- पूर्णबहादुर घर्ती
२. बाग्लुङ २- देवेन्द्र पौडेल
३. सिन्धुली २ – लेखनाथ दाहाल
४. सिन्धुपाल्चोक १ – माधव सापकोटा
५. गोरखा २ – पुष्पकमल दाहाल प्रचण्ड
६. जारजरकोट – शक्तिबहादुर बस्नेत
७. रोल्पा – वर्षमान पुन

एकीकृत समाजवादी पार्टी

१. अछाम १ –शेरबहादुर कुँवर
२. बारा ४ कृष्ण कुमार श्रेष्ठ
३. दैलेख १ अम्बरबहादुर थापा
४. सल्यान प्रकाश ज्वाला
५. डोटी प्रेमबहादुर आले
६.बझाङ भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोविता गौतम
४. काठमाडौं ६– शिशिर खनाल
५. ललितपुर ३– तोसिमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला ज्ञानेन्द्रबहादुर शाही

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी

लोसपा
१.रुपन्देही ४– सर्वेन्द्रनाथ शुक्ला

जसपा
१. पर्सा १–प्रदीप यादव

जनमत पार्टी
१.सप्तरी २ – सी के राउत

नेमकिपा

१. भक्तपुर १ – प्रेम सुवाल

राजमो
१.बाग्लुङ १ चित्र बहादुर के सी

स्वतन्त्र
१. बर्दिया २ – लालबीर चौधरी