१४ माघ २०७९, शनिबार
‘मेरो शक्ति कम भइरहेको छ, मेरो चिन्ता नगर्नु…’ नासाको इनसाइट ल्यान्डरले मंगल ग्रहबाट पठायो ‘भावुक सन्देश’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहको अध्ययन गर्न सुरु गरेको इनसाइट ल्यान्डर मिसन सम्भवतः अन्तिम बिन्दुमा छ । डिसेम्बर २० मा, ल्यान्डरको तर्फबाट एक ट्वीट गरिएको छ । यो ट्विटपछि विभिन्न खालका अड्कलबाजी भइरहेका छन् । यो ल्यान्डरको तर्फबाट अन्तिम सन्देश हुन सक्ने अनुमान गरिएको छ ।
ल्यान्डरबाट एउटा दु:खद सन्देश पठाइएको छ । जसमा यसले शक्ति गुमाउँदै गरेको र चाँडै साइन अफ हुन सक्ने बताइएको छ । यसपछि ल्यान्डरको चार वर्ष लामो ऐतिहासिक मिसन पूरा हुने विश्वास गरिएको छ । नासाले नोभेम्बरमा मंगल ग्रहको धुलो रोबोटमा जम्मा भएको र अत्यधिक धुलो जमेका कारण त्यसले आफ्नो सम्पूर्ण शक्ति गुमाएको भन्दै चेतावनी दिएको थियो ।
ल्यान्डरको भावुक सन्देश
ल्यान्डरको तर्फबाट जुन ट्विट गरिएको छ, यो यस्तो छ, ‘मेरो शक्ति साँच्चै नै निकै कम भएको छ । सायद मैले पठाउन सक्ने यो नै मेरो अन्तिम तस्वीर होला । तर पनि मेरा बारे चिन्ता नगर्नुहोला । यहाँ मेरो समय निकै उत्पादक र सुन्दर रह्यो । यदि म मेरो मिसन टिमसँग कुरा गर्न सक्षम रहेँ भने म त्यसो गरिरहनेछु तर मैले साइन अफ गर्नुपर्नेछ । मसँगै रहनु भएकोमा धन्यवाद ।’
यी अकाउन्टबाट जुन ट्विट गरिएका छन् त्यो पनि भावुक बनाउने खालको छ । नासालाई राम्रोसँग थाहा छ कि इनसाइट ल्याण्डरको ब्याट्री कम भइरहेको छ । केही महिना अघि मात्रै इनसाइटले आफ्नो काम गर्न सुरु गरेको थियो । यसले मे महिनामा आएको मंगल ग्रहको सबैभन्दा शक्तिशाली भूकम्प रेकर्ड गरेको थियो । इनसाइट ल्यान्डरले मंगल ग्रहका निकै सुन्दर तस्बिर खिचेका थिए । इनसाइट ल्याण्डरको सोलर प्यानलमा जमेको धुलोको पत्र निकै गहिरो भएको थियो । यसैका कारण यसको ब्याट्री लगातार कम भइरहेको थियो ।
ल्यान्डर केका लागि पठाइएको थियो ?
नासाले नोभेम्बर २ मा अबको केही हप्तामा यसको अन्त्य हुनसक्ने बताएको थियो । नासाका अनुसार ल्यान्डरका दुईवटा मुख्य काम थिए । पहिले यसले यो पत्ता लगाउनु थियो कि मंगल ग्रहको रचना कसरी भयो । यसका लागि यसलाई त्यसभित्रको हिस्साको अध्ययन गर्नुपर्ने थियो । यसबाहेक विभिन्न तहमार्फत् यसको भौगोलिक संरचनाबारे पत्ता लगाउनु थियो । आफ्नो दोस्रो कार्य अन्तर्गत, इनसाइटले मंगल ग्रह आज कति प्राविधिक रूपमा सक्रिय छ र कति उल्कापिण्डहरूले यसलाई असर गर्छ भन्ने कुरा पत्ता लगाउनु थियो । यसमा मंगल ग्रहमा आउने भूकम्पको पनि अध्ययन गर्नुपर्ने थियो । यस ग्रहमा १३०० भन्दा बढी पटक भूकम्प गएको छ ।
चार वर्षको मिसन
नासाको प्लानेटरी साइन्स डिभिजनका निर्देशक लोरी ग्लेजले भने, ‘इनसाइटले चट्टानी ग्रहहरूको भित्री भागको हाम्रो बुझाइलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । यसले भविष्यका धेरै ठूला मिसनहरूका लागि चरण तय गरेको छ । अब पृथ्वी, चन्द्रमा, शुक्र र यहाँसम्म कि अन्य शौर्य मण्डलमा चट्टानी ग्रहका लागि मंगल ग्रहको आन्तरिक संरचनाबारे जे जति थाहा छ, त्यसलाई लागू गर्न सकिन्छ । ’
सन् २०१८ मा इनसाइटले मंगल ग्रहमा कदम राखेको थियो । यसको सोलर प्यानलले हरेक मंगल दिवस (मार्सियन डे) मा ५००० वाटको ऊर्जा पैदा गरेको थियो । धर्तीमा मंगलको एक दिन ४० मिनेटभन्दा लामो हुन्छ । यतिबेला उसले ५०० वाट ऊर्जा पैदा गर्न सकिरहेको छ ।