मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिनुभयो । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका यादव महोत्तरी क्षेत्र नं. ४ (१)बाट निर्वाचित हुनुभएको थियो ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार हुनुहुन्थ्यो । मधेश प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।