फ्यानलाई मनाली घुमाउने विजय देवराकोन्डाको घोषणा

Avatar
admin

२०७९ पुष २५ गते, सोमबार १५:४२ मा प्रकाशित

अभिनेता विजय देवराकोन्डा ।

काठमाडौं, पुस २५ गते । अभिनेता विजय देवराकोन्डाले आफ्ना सय जना फ्यानलाई भारतकाे मनाली घुमाउने घोषणा गर्नुभएको छ । उहाँले क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा ‘देवर सान्टा कन्टेस्ट’को आयोजना गर्दै यसबाट छानिएका सय जनालाई पाँच दिन मनाली घुमाउने घोषणा गर्नुभएको हो ।

अभिनेता देवराकोन्डाले आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै सय जना फ्यानलाई आफ्नै खर्चमा मनाली घुमाउने जानकारी दिनुभएको हो । आफ्नो इन्स्टाग्राम अकाउन्टमा राखिएको फर्म भरेर आएकामध्ये १८ वर्षमाथिका सय जना छानेर घुम्न पठाउने उहाँले भिडियोमा उल्लेख गर्नुभएको छ ।

अर्जुन रेड्डी, महानती, नोता, ट्याक्सीवाला, डियर कमरेड, लाइगर, खुशी लगायत फिल्ममा देवराकोन्डाको अभिनय देख्न सकिन्छ ।