गीतमा अभिनेत्री सारा सिरपाइली र प्रितमराज सेन्चुरी फिर्चड हुनुहुन्छ । अष्ट महर्जनले निर्देशन गर्नुभएको फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
फिल्म शुक्रबार अर्थात् पुस २९ बाट प्रदर्शनमा आउने तयारीमा छ ।