माघी : अपनत्व जोडिएको साझा पर्व

Avatar
admin

२०७९ माघ ४ गते, बुधबार ११:२० मा प्रकाशित

ज्योतिष शास्त्रअनुसार १२ वटा नक्षत्र राशिका १२ वटा सङ्क्रान्ति हुन्छ । सूर्य एउटा राशिबाट अर्को राशिमा जाने प्रक्रियालाई नै सङ्क्रान्ति भनिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले बोलीचालीमा मकर सङ्क्रान्ति भन्ने चलन छ । सङ्क्रान्ति भनेको सर्नु हो, हरेक महिना सूर्य सर्ने अर्थात् एक राशिबाट अर्को राशिमा जाने प्रक्रियालाई नै सङ्क्रान्ति भनिन्छ । कर्मकाण्ड र दान गर्दा सङ्क्रान्तिको दिनलाई विशिष्ट मानिन्छ । सबै ग्रहहरू घुम्ने आआफ्नो बाटो छ । सूर्यदेव घुम्ने बाटोलाई क्रान्तिवृत्त भनिन्छ । यसैबाट १२ राशि (मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन)को सम्बन्ध भएको छ । तीर्थ स्थल, दोभान, ढुङ्गेधारा, पोखरी र इनारहरूमा स्नान गरेर दान गरेमा पुण्य प्राप्त हुने वर्णन शास्त्रहरूमा छ ।

भविष्य पुराणमा माघे सङ्क्रान्तिको दिन चामल, तिल, घिउ, मह, कन्दमूल, कम्बल र न्यानो लुगा दान गरेमा पुण्य प्राप्त हुने वर्णन छ । खिचडी, तरुल, सखरखण्ड, अदुवा, तिल, शख्खर, चाकु, घिउ, भगवानलाई भोग लगाएर ब्राह्मणलाई दान दिएर चेलीबेटी, ज्वाइँ भान्जालाई टीका लगाई दक्षिणा दिने,खाने र खुवाउने प्रचलन छ । माघेसङ्क्रान्तिको मेला नेपालका अधिकांश ठाउँमा लाग्छ ।

तराईका थारू समुदायमा, नव वर्ष, मालिक फेर्ने, वर्ष दिनको हिसाब गर्ने विशेष दिनका रूपमा गरिन्छ । थारुहरू यस दिन चामलको पीठोको विशेष परिकार ढिकरी, खिचडी र घोगीको परिकार खान्छन् । थारू समुदायमा तीन दिनसम्म माघी खानपान र नाचगान गरेर मनाइन्छ । थारु समुदायले आफ्ना मालिकहरूको अन्यायको विरुद्धमा आवाज उठाएर सफलता पाएका दिनका रूपमा पनि माघे सङ्क्रान्ति मनाएको उल्लेख समाजशास्त्री, मानवशास्त्रीहरूले गरेका छन् । थारु समुदायमा एक महिनाअघिदेखि नै माघीको तयारी गरिएको हुन्छ । माघी मनाउन पुस महिनाको अन्तिम दिन नै तरुल, भ्याकुर, पोल्न, उसिन्ने र धुनी बालेर ताप्दै नाच्ने, गाउने परम्परा छ । थारू समुदायमा माघे सङ्क्रान्तिको दिन बिहान सबेरै उठेर बाजा बजाउँदै तलाउ, नदीको दोभान र त्रिवेणीमा डुबुल्की लगाएर घर फर्कन्छन् । गाउँका सबैभन्दा जेठो व्यक्तिले छोएपछि त्यही चामल पिँधेर सेतो टीका सबैको निधारमा लगाएपछि सङ्क्रान्ति सुरु भएको मानिन्छ । घरको अगेनामा आगो बालेर मिष्ठान्न भोजन पकाउने कार्य सुरु हुन्छ । विवाह भएर गएका छोरी चेलीलाई माघीकै दिन खान बोलाउने वा टाढाबाट आउन नसक्नेलाई चामल, मासको दाल, घिउ, नुन छुट्याएर राख्ने चलन छ । तराई क्षेत्रमा यस दिन मुरहीको लडडु खाने चलन छ ।

ब्राह्मण, क्षेत्री समुदायमा चेलीबेटी, ज्वाइँलाई माघेसङ्क्रान्तिको दिन खान बोलाउने र भान्जाभान्जी र ज्वाइँलाई टीका लगाएर दक्षिणा, कपडा, मकल, हिटर, कम्बल, घिउ, तरुल, चामल र फलफूल दान दिने चलन पनि छ । विष्णु पुराण, भविष्य पुराण र वर्ष कृत्यमा माघे सङ्क्रान्तिको दिन स्नान र दानको पुण्यको बारे वर्णन छ ।

विष्णु भगवान्लाई प्रसन्न पार्न विष्णुको स्तोत्र पाठ, पूजा र तिलसहित अरू आवश्यक वस्तु दान गर्ने चलन छ । शास्त्रमा स्नान जप, भजनमा जोड दिए पनि व्यवहारमा खानपान र रमाइलो नै हाबी देखिन्छ ।

सनातन धर्मका सम्पूर्ण ग्रन्थहरूमा सबभन्दा ठूलो धर्म नै परोपकार र दान हो भनिएको छ । सूर्यको उत्तरायण गतिमा पुण्यको कामसँगै प्राण त्याग्न पनि उत्तम समय मानिन्छ । महाभारतमा भीष्मपितामहले आफ्नो प्राण उत्तरायणमै त्याग्ने इच्छा व्यक्त गरेका छन् । विभिन्न शास्त्रमा उत्तरायणको महìव विभिन्न प्रसङ्गमा पाइन्छ । १२ वटा सङ्क्रान्ति भए पनि माघे सङ्क्रान्तिको विशेष महìव रहेको छ ।

उपवेद आयुर्वेदमा स्वास्थ्यसम्बन्धी कुरामा खानपानको कुरालाई राम्रोसँग उजागर गरिएको छ । मौसमअनुसारको खानपान गर्नाले रोगमुक्त भएर पूर्ण आयु बाँच्न सकिन्छ । त्यसैले चिसो मौसममा स्वास्थ्यवद्र्धक र मौसम अनुकूलको खाद्यान्न दान गरेर खान सिकाइएको पर्व हो माघी ।

भक्तपुर टौमढी टोलमा तिलमाधवको सुन्दर मूर्तिसहितको मन्दिर छ । यस मन्दिरको सम्बन्ध तिल र माघे सङ्क्रान्तिसँग छ । माघे सङ्क्रान्तिकै दिन हाल मन्दिर स्थापना गरिएको ठाउँमा बसेर एकजना व्यक्तिले तिल बेचिरहेका थिए । दिनभर तिल बेच्दा पनि तिलको थुप्रो नघटेको देखेपछि पैसा थन्क्याउँदै व्यापारी जिल्ल परे । त्यही थलोमा तिलको थुप्रोले छोपिएको माधवनारायणको मूर्ति देखियो । विष्णुको यस मूर्तिलाई तिलमाधव नारायण भनेर पूजा आराधना गरिँदै आएको छ । टौमढी टोलमा रहेको तिलमाधवको प्रस्तर मूर्तिमा माघेसङ्क्रान्तिको दिन घिउ दल्ने परमपरालाई आज पनि निरन्तरता दिएको पाइन्छ ।

भारतको वाराणसी, इलाहावाद र कलकत्ताको गङ्गासागरमा माघी स्नान गर्नेको ओइरो लाग्छ । नेपालको देवघाट, देवीघाट, रिडी, वराहक्षेत्र, बर्दियाको ठाकुरद्वार आदि स्थानमा ठूलो मेला लाग्छ ।

माघ महिनाभरि स्नान (माघी नुहाउने), विशेष भोजन र दान गर्ने प्रचलन अझै पनि देखिन्छ ।

माघ महिनामा पर्ने षट्तिला एकादशीमा छ प्रकारले तिलको प्रयोग गरिन्छ । त्यस्तै माघ महिनामै पर्ने अचला सप्तमीमा पनि गरिने दानको विशेष महत्व छ ।

दक्षिण भागमा पोगल र उत्तरमा खिचडी भनेर माघे सङ्क्रान्तिलाई सम्बोधन गरिन्छ । वाराणसीमा यस दिन चङ्गा उडाउने र लडाउने विभिन्न प्रतियोगिता हुन्छ । शास्त्रहरूमा शुद्ध भोजन, जप, तप र दानलाई महìव दिएर माघ महिनाको वर्णन गरिएको छ । पछिल्लो समयमा भने खानाका परिकार र मनोरञ्जन गर्ने चाडको रूपमा माघे सरूक्रान्ति विकसित हँुदै छ ।

महाभारतमा भीष्म पितामहले प्राण त्याग्न उत्तरायण परखेको प्रसङ्गबाट पनि यस महिनाको महìव बुझ्न सकिन्छ । मल्लकालका ऐतिहासिक सामग्रीहरूमा माघ महिनाको महìव र दान स्वरूप दिएको गाई, पानी र दक्षिणाको उल्लेख पाइन्छ ।

माघ महिनाको पहिलो दिन नेवार समुदायमा घरमूली आमाले छोराछोरी, नाति नातिनालाई टाउको र शरीरमा तेल लगाउने चलन छ । तेल मालिसको महìव नवजात शिशुमा र सुत्केरीलाई मात्र हैन सबैमा छ भन्ने सन्देश माघीले दिएको छ ।

मगर समुदायमा पनि माघिको विशेष महत्व छ । मगर समुदायमा यस दिन मृत पुर्खाहरूको स्मरणमा जल अर्पण गर्ने चलन छ । पुस मसान्तको दिनमा वनतरुल, घरतरुल र सखरखण्ड, उसिनेर तयार पारिन्छ र माघीको दिन अर्थात् माघ १ गते खोला, पँधेरा, कुवामा नुहाएर पुर्खाहरूलाई पानी चढाउने अर्थात भिजाएर राखेको एक माना चामल र एक माना मासको दालको नौवटा डल्लो बनाएर पुर्खाको प्रतीक मानेर त्यसैमा अदुवा, बेसार र जाँड चढाउने चलन छ । माघीको दिन मुट्ठी दिने चलन श्राद्ध नगर्नेहरूले मात्र गर्ने परम्परा छ ।

कौरानाच मगर समुदायमा विविध संस्कारमा नाचिने नाच हो । माघिको अवसरमा पनि केटा र केटीको समूहले कौरा नाचको तयारी र प्रतियोगिता गर्छन् । पाल्पातिर कौरानाचको चलन निकै व्यपक छ ।

माघी पर्वलाइ लक्षित गरेर मगर युवाहरूले विभिन्न खुला ठाउँमा तारो हान्ने खेल पनि खेल्छन् । माघ १ गतेदेखि ३ गतेसम्म प्रतियोगिता स्वरूप खेलिने तारो, धनुषवाणको खेलमा जित्ने केटाहरूलाई फेटा, पगरी लगाएर, बाजा बजाउँदै घरसम्म पु¥याउने रमाइलो चलन पनि छ ।

नुवाकोटको वेत्रावती र तारुकामा माघ १ गते गोरु जुधाउने चलन छ । वरपरका जनसमूह गोरु जुधाएको हेर्न जम्मा हुन्छन् ।

यो परम्पराको थालनीसँग विभिन्न रोचक किंवदन्ती प्रचलनमा आएका छन् ।

चन्द्र शमशेरका छोरीज्वाइँ बझाङका जय पृथ्वीबहादुर सिंहलाई उनको मामाघर नुवाकोटमा आउँदा गोरु जुधाउने खेलद्वारा स्वागत गरिएको किंवदन्ती पाइन्छ ।

यस्तै विसं. १८४९ मा नेपाल र चीनबीच सन्धि भयो । चीनका व्यापारीका जमात नुवाकोट आए, उनीहरूलाई स्वागत गर्न नुवाकोटेहरूले गोरु जुधाउने प्रतियोगिताको आयोजना गरेका थिए भन्ने कथन पनि प्रचलनमा छ ।

हुम्लामा माघीकै दिन पारेर घोडा दौडाउने प्रतियोगिता गरिन्छ । प्रतियोगिता पछि रमाइलो गर्दै विभिन्न परिकार खाने चलन पनि छ ।

नेपालका अधिकांश स्थानमा माघ १ गते मेला लाग्छ । धार्मिक र सांस्कृतिक दुवै दृष्टिकोणबाट यस चाडको विशेष महìव देखिन्छ । सनातन धर्मावलम्बी र बौद्ध समुदाय दुवैमा माघ महिनाको विशेष महìव छ ।

नदीको त्रिवेणी वा दोभानमा स्नान, दान गर्दै जाडोमा शरीर तताउने खाद्य पदार्थहरू खाने, पिउने पर्वका रूपमा पनि माघी स्थापित भएको छ । नेपालका विभिन्न समुदायमा यो पर्व आ–आफ्नै ढङ्गले परम्परागत रूपले मनाउँदै आएको पाइन्छ ।