बेनीमा नृत्य प्रतियोगिता

Avatar
admin

२०७९ माघ ४ गते, बुधबार ११:२६ मा प्रकाशित

म्याग्दी (बेनी) माघ ४ गते । जनजाति समुदायको पुर्ख्यौली नृत्यको संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउने उद्देश्यले बेनीमा पुर्ख्यौली नृत्य प्रतियोगिता गरिएको छ। बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा पुर्ख्यौली नृत्य प्रतियोगिता गरिएको हो। नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको पुर्ख्यौली समूह विजयी भएका छन्। प्रतियोगितामा विभिन्न चार समूहले सहभागिता जनाएकामा कालफडाँडाको पुर्ख्यौली समूह प्रथम हुन सफल भएका हो।

प्रतियोगितामा नेपाल मगर सङ्घको बेनी नगरपालिकाको समूह दोस्रो भएको छ। प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः नगद  २५ हजार र १५ हजार रुपियाँ पुरस्कार पाएका छन्। प्रतियोगितामा रघुगङ्गाबाट पुर्ख्यौली नृत्य र क्षेत्री समाज म्याग्दीले समेत आफ्ना पुराना नृत्य देखाएका थिए। पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय कला संस्कृति झल्किने नृत्यका साथै सांस्कृतिक कार्यक्रमहरू गरिएका छन्।