कर्णाली प्रदेशको उपसभामुखका लागि कांग्रेस र माआवादीको उम्मेदवारी

Avatar
admin

२०७९ माघ ४ गते, बुधबार १३:०७ मा प्रकाशित

४ माघ २०७९, बुधबार  १


सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार दिउँसो १ बजेका लागि तोकिएको उपसभामुखको निर्वाचनमा कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरु दुवैजना समानुपातिक सांसद हुन् ।

गठबन्धनबीच सहमतिअनुसार उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्न लागेकी हुन् । ४० सदस्यीय कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक÷एकजना सांसद छन् ।