‘‘माननीय इन्दिरा राना मगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मनानीत हुने हो ।,’’ उहाँले भन्नुभयो, ‘‘लोकतन्त्र र संविधानको सवोच्चताबारे उहाँका स्पष्ट विचार छन् । यस सदनको गरिमा र पदको जिम्मेवारीलाई उहाँले अत्यन्त कुसलतापूर्वक निभाउन सक्नुहुन्छ भन्ने सबै भन्दा बढी विश्वस्त त म नै छु ।’’
सांसद गौतमले इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समान रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको जानकारी दिनुभयो ।
सांसद मगरले कारागारमा हुने बुबाआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काम गर्दै आउनुभएको उहाँले बताउनुभयो । साथै उहाँले उसभामुखको काम कर्तव्यलाई बलियो बनाउन सांसद मगरले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।