उक्त हिमपहिरो मङ्गलबार साँझ ७:५० मा गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।
यस क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो । रासस/सिन्ह्वा