रुपेशलाई बुद्धिचाल उपाधि

Avatar
admin

२०७९ माघ ८ गते, आईतवार १४:३९ मा प्रकाशित

उहाँले प्रतियोगितामा सात जीत र दुई बराबरी खेल्दै आठ अङ्कसहित उपाधि जित्नुभएको हो । उपाधिसँगै रुपेशले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं दोस्रो हुनुभयो ।

चौथो चरणमा पराजित पुरुषोत्तमले बाँकी खेलमा राम्रो नतिजा निकाल्दै सात अङ्क जोड्नुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । फिडे मास्टर क्षितिज भण्डारी ७ अङ्क सहित तेस्रो हुनुभयो । उहाँले १० हजार रुपियाँ पाउनुभयो ।

महिलातर्फ काठमाडौकी विनीता कपाली पहिलो र सिन्दीरा जोशी दोस्रो हुनुभयो । झापाकी पुनम प्रसाईँ तेस्रो हुनुभयो । भेट्रानतर्फ भक्तपुरका गणेशमान दुवाल, काठमाडौका जनार्दन श्रेष्ठ र पुण्यमान कर्माचार्य पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।

यू–१६मा सुप्रभ सागर श्रेष्ठ  र यू–१४ तर्फ पुरुषोत्तम सिलवाल उत्कृष्ट हुनुभयो । छात्रतर्फ तिलिङटार माविका पूर्णिमा गुरुङ पहिलो हुनुभयो । चार दिने प्रतियोगितामा ४० जिल्लाका एक सय ३८ खेलाडीको सहभागिता रहेको थियो।