हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त

Avatar
admin

२०७९ माघ ९ गते, सोमबार १४:५४ मा प्रकाशित

९ माघ २०७९, सोमबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज (सोमबार) गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन् ।

गजुरले माओवादी पार्टीका पुराना नेता हुन । उनी लामो समयदेखि अध्यक्ष प्रचण्डको विश्वासपात्रको रुपमा पार्टीमा क्रियाशील रहका छन् । तर सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचन लड्न खाजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाथ दाहाललाई उम्मेदवार बनाएको थियो ।