सिनेमाघरमा ‘मनसँग मन’ र ‘आँधी तुफान २’

Avatar
admin

२०७९ माघ २८ गते, शनिबार ११:१७ मा प्रकाशित

चलचित्रलाई कैलाश राईले निर्देशन गर्नुभएको छ। प्रेमकथा र एक्सन विद्याको चलचित्रमा रवीन्द्र झा र बुद्धि तामाङको पनि अभिनय छ। चलचित्रको एउटा गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासमेत अतिथि भूमिकामा देखिनुभएको छ। त्यस्तै ‘आँधी तुफान २’ मदन घिमिरेको निर्देशन र मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको चलचित्र हो। चलचित्र एक्सन विद्यामा केन्द्रित छ। चलचित्रमा आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सञ्जित भण्डारी, विन्दिया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय छ।