प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

Avatar
admin

२०७९ फाल्गुन २ गते, मंगलवार १२:०७ मा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख तीन हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू. एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस