एभर्टनमाथि लिभरपुलको जित

Avatar
admin

२०७९ फाल्गुन २ गते, मंगलवार १४:०६ मा प्रकाशित

मंगलबार, ०२ फागुन २०७९
facebook sharing buttonकाठमाडौं । मोहमद सालाह र कोडी गोक्पोको गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई हराएको छ । सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा सलाहले खेलको ३६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

गाक्पोले खेलको ४९औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । पराजित एभर्टन १८ अंक जोडेर १८ औं स्थानमा छ । एजेन्सी