यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य
    1 month ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    टेक्सास गोलीकाण्डमा ३ भुटानी शरणार्थीको मृत्यु
    3 weeks ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    4 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कृषिमन्त्री
    3 weeks ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    खुम्चियो प्राधिकरणको नाफा
    3 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    6 days ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
    4 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    जोर्डनमा व्यावसायिक फुटबल खेल्दै प्रीति
    1 month ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    3 weeks ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    5 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    विराटनगरमा आज रथयात्रा : तीन जिल्लामा बिदा
    3 weeks ago
    आज गाईजात्रा पर्व मनाइँदै
    4 weeks ago
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    नेपाल आउँदै भारतीय विदेश सचिव
    4 weeks ago
    परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता
    2 weeks ago
    प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तानको भ्रमणमा जानुहुँदै
    1 month ago
    Latest News
    एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
    5 hours ago
    एमाले विधान महाधिवेशन आज
    6 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    4 days ago
  • विचार
    विचार
    Show More
    Top News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    माओवादीको स्थायी समिति बैठक बस्दै, ७ एजेन्डा
    1 month ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    विराटनगरमा आज रथयात्रा : तीन जिल्लामा बिदा
    3 weeks ago
    आज गाईजात्रा पर्व मनाइँदै
    4 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    2 days ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    6 hours ago
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: अपराधको नयाँ शैली : साइबर अपहरण गरेर फिरौतीविरोधीसँग घाँटी जोडेर दुनो नयाँ शैली : साइबर अपहरण गरेर फिरौती
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
प्रविधिराजनीति

अपराधको नयाँ शैली : साइबर अपहरण गरेर फिरौतीविरोधीसँग घाँटी जोडेर दुनो नयाँ शैली : साइबर अपहरण गरेर फिरौती

bardiyatimes
Last updated: July 23, 2025 3:13 pm
bardiyatimes
1 month ago
Share
SHARE

मध्याह्न साढे ११ बजेतिर ती किशोरका आमाको ह्वाट्स एप नम्बरमा ९२३१४३३६५… नम्बरबाट कल आयो । हिन्दीमा कुरा गरेका व्यक्तिले भिडिओ कलमा भने, ‘चारजनाको समूहले एकजना किशोरीलाई बलात्कार गरे । त्यो समूहमा तेरो छोरा पनि छ । उसलाई हामीले नियन्त्रणमा लिएका छौं । ८ लाख रुपैयाँ हाल्नु । नत्र छोराको लाइफ खत्तम हुन्छ ।’प्रविधिको प्रयोग गरी पहिलोपटक काठमाडौंमा साइबर अपहरणको घटना भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

किशोरकी आमा छाँगाबाट खसेझैं भइन् । एकछिन अघि छोराको नम्बरमा फोन गर्दा स्वीच अफ थियो । अहिले छोरा अपहरणमा परेको भन्दै फोन आउँछ ।

त्यति मात्रै होइन, अपहरणकारीले भिडिओ कलमा चारजना किशोरलाई कुट्दै गरेको पनि देखाउँछन् । बलात्कारमा परेकी भनिएकी किशोरीको अहिले उपचार भइरहेको भन्दै मुखमा अक्सिजन लगाएको जस्तो भिडिओ कलमा देखाउँछन् ।

किशोरका आमाले भने आफूसँग ८ लाख रुपैयाँ नभएको बताउँछिन् । तर अपहरणकारी बताउने व्यक्तिले विश्वास गर्दैनन् । त्यसपछि उनको मोबाइल वालेट खोल्न लगाउँछन् । त्यसको स्क्रिन सेयर गर्न लगाएर सबै विवरण अपहरणकारीले नियाल्छन् ।

तर, अपहरणमा परेको भनिएका किशोरको आमाको ई-बैंकिङ सेवामा जम्मा ३४ रुपैयाँ मात्रै हुन्छ । त्यसपछि एक लाख भए पनि ठिक पार्नु भन्दै अपहरणकारीले धम्की दिन्छन् । र, फोन राख्छन् ।

किशोरका आमाले आत्तिँदै सोही नम्बरमा फेरि कल गर्छिन् । रोइकराइ गर्छिन् । भिडिओमा छोराको हुलिया पनि देख्छिन । त्यस्तै कपडा पनि देख्छिन् । बच्चा रोइरहेको आवाज पनि सुन्छिन् । उनी विक्षिप्त हुँदै हात जोड्छिन् । अपहरणकारी र किशोरका आमाबीच करिब आधा घण्टासम्म कुरा हुन्छ ।

तर, केही सिप नलागेपछि उनी प्रहरी वृत्त थानकोट पुग्छिन् । धादिङमा रहेका आफ्ना श्रीमान्‌लाई घटनाबारे जानकारी गराउँछिन् । घटना सुन्नासाथ स्कुल पढाइरहेका श्रीमान् काठमाडौं हानिन्छन् ।

वृत्त थानकोटमा पुगेर घटनाबारे बिस्तार लगाउने बित्तिकै थानकोटे उनलाई अपराध अनुसन्धान कार्यालय जान सुझाउँछ । त्यसपछि उनी टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुग्छिन् ।

अपराध अनुसन्धान कार्यालयको ६ नम्बर पिलरका डीएसपी रोशन खड्काको टोलीले घटनाबारे अनुसन्धान सुरु गर्छ । प्रारम्भिक अनुसन्धानमै ह्वाट्स एप नम्बर पाकिस्तानको रहेको खुल्छ । सीमा नाकामा समेत अलर्ट रहन भन्दै सर्कुलर गरिन्छ ।

अपहरणमा परेको भनिएका किशोरको घरमा पुगेर अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गर्छ । वरपरका सीसी क्यामेराको फुटेज हेर्न सुरु गरिन्छ ।

परिवारका आफन्तसँग सोधपुछ सुरु हुन्छ । केही दिनअघि मात्रै ती किशोरले पुतलीसडकमा कमेडी दरबारको सुटिङ नि:शुल्क हेर्न पाइने कुरा गरेको परिवारले प्रहरीलाई सुनाउँछन् ।

त्यसपछि प्रहरीको एउटा टोली पुतलीसडकस्थित सुटिङ भइरहेको स्टार मलमा पुग्छन् । जहाँ किशोरको खोजी हुन्छ । उनी त्यही भेटिन्छन् । प्रहरी स्वयं छक्क पर्छन् । ती किशोरले पनि प्रहरीसँग आफूलाई किन लगेको भन्दै प्रश्न गर्छन् ।

टेकुस्थित कार्यालयमा धादिङबाट ती किशोरका बासमेत आइसकेका हुन्छन् । एकछिन अघिसम्म अपहरणमा परेको भनिएका छोरालाई देख्दा बा-आमा खुसी हुन्छन् । यता प्रहरीले यो अपहरणको शैली देखेर नयाँ चुनौती थपिएको अनुसन्धान र विश्लेषण गरिरहेको छ ।

प्रहरी अनुसन्धानका क्रममा ती किशोर बिहान साढे ८ बजेतिर घरबाट निस्केको देखिएको छ । साढे १० बजेतिर उनले मोबाइल फ्लाइट मोडमा राखेको पाइएको छ । त्यसको एक घण्टापछि किशोरका आमालाई अपहरणकारीको फोन आएको देखिएको एसपी आचार्य बताउँछन् ।

किशोर उनको परिवारको सम्पूर्ण जानकारी लिएर साइबर अपहरण गरिएको देखिएको प्रहरीको भनाइ छ । जसका कारण मोटो रकम असुल्ने योजना रहेकोमा ई-बैंकिङमा रकम नभएकाले जोगिएको प्रहरीले बताएको छ ।

कसरी लिए अपहरणकारीले किशोरको सबै जानकारी ?

अपहरणकारीले कसरी किशोरको सबै जानकारी लिए भन्नेबारे प्रहरीले निष्कर्ष निकालिसकेको छैन । अहिले पनि यसको अनुसन्धान जारी नै छ । ती किशोरका कुनै निकट व्यक्तिले दिएको सूचनाका आधारमा यो सबै भएको हो कि भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तर, अहिलेसम्मको अनुसन्धानले भने मोबाइल ह्याक गरेर सबै सूचना लिएको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताएका छन् । ती किशोरलाई कार्यालय ल्याएर सोधपुछ गर्नुका साथै उनको मोबाइल हिस्ट्री हेर्दा विभिन्न लिंकहरू खोलेको भेटिएको ती अधिकृत बताउँछन् ।

फिसिङका लागि पठाइएका ती लिंक क्लिक गर्दा अपहरणकारीले उनको माबोइल ह्याक गर्न सफल भएको सबै सूचना लिएको हुनसक्ने ती अधिकृतको भनाइ छ ।

अपहरणमा परेका भनिएका किशोर भेटिँदा परिवार खुसी भयो । अपहरणको नयाँ शैली देखिएको भनेर प्रहरी अधिकारीहरू भने चिन्तित छन् ।

किशोरको मोबाइलबाट परिवारका सदस्यको नम्बरका साथै उनको सामाजिक सञ्जालबाट सबै सूचना लिएको हुनसक्ने प्रहरीको विश्लेषण छ । यी सबै सूचना लिएर ति किशोरलाई निगरानी गरिएको र मोबाइल अफ भएको थाहा पाएपछि साइबर अपहरण गर्दै फिरौती लिन खोजिएको प्रहरीको बुझाइ छ ।

यसका लागि आफैं बैंक अकाउन्टमा रकम हाल्न लगाउने स्क्रिन सेयर गरेर मोबाइल बैंकिङको सबै विवरण हेरेपछि त्यहीबाट रकम अन्य खातामा रकमान्तर गर्न योजना रहेको प्रहरीको बुझाइ छ ।

यद्यपि, यसको अनुसन्धान अझै जारी रहेकोले विस्तृत बुझ्न अझै बाँकी रहेको प्रहरीले बताएको छ ।

चुनौती थपियो

अपहरणमा परेका भनिएका किशोर प्रहरीले फेला पारेर बुझाएका उनको परिवार खुसी हुँदा यता अपहरणको नयाँ शैली देखिएको भन्दै प्रहरी अधिकारीहरू भने चिन्तित छन् ।

यस्तो शैलीले व्यक्ति अपहरण नै भएपछि ठूलो आर्थिक नोक्सान हुनसक्ने प्रहरीको बुझाइ छ ।

‘हिजैको घटनामा पनि यदि बैंकिङ वालेटमा रकम भएको भए सबै रकम साइबर अपहरणकारीले स्विफ्ट गरेर लैजान सक्थे । लक्की नै भन्नुपर्छ, किशोरका आमाको खातामा रकम रहेनछ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

व्यक्ति अपहरणमा परेको भनेपछि मुक्त गराउन आफन्त जे पनि गर्न तयार हुने भएकाले साइबर अपहरणकारीले मोटो रकम ठग्न सक्ने आकलन गरिएको छ ।

अहिलेसम्म यस्तो अपहरणको शैली नेपालमा देखा नपरेको र यसले चुनौती थपेको प्रहरी अधिकारीहरू बताउँछन् ।

मुख्यमन्त्री शाहलाई एमालेको विश्वासको मत
बेइजिङको सैन्य परेड (फोटोफिचर)
प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
३५ वर्षदेखि नेतृत्व नछाडेको भन्दै शंकर पोखरेलले गरे प्रचण्डमाथि व्यंग्य
सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
TAGGED:अपराधअपहरणठगीसाइबर
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
अन्तर्राष्ट्रियराष्ट्रिय

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

bardiyatimes
bardiyatimes
1 month ago
ट्रम्पको धम्कीबिच भारतीय राजदूत र रुसी उपरक्षामन्त्रीबिच भेट
यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी
प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
बर्दियामा गोहीको आक्रमणमा एकको ज्यान गयो शव पाँच दिनपछि फेला
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • स्वास्थ्य
  • खेल
  • समाज
  • प्रविधि
  • मनोरञ्जन

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?