अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्रा सस्तियो, विनिमयदरमा एकसाथ गिरावट

काठमाडौं माघ २३ : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राहरूको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा तोकिएको छ। हिजो अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ रहेको थियो। यससँगै अमेरिकी डलरको मूल्य आज थप घटेको हो।

यसअघि यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च (महँगो) विनिमयदर हो।

अमेरिकी डलरसँगै आज युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको विनिमयदर पनि घटेको छ। हिजो अमेरिकी डलरको मूल्य घट्दा यी मुद्राहरूको दर भने बढेको थियो।

आज युरो १ को खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा कायम गरिएको छ। हिजो युरोको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा थियो।

त्यस्तै पाउन्ड स्ट्रलिङ १ को आज खरिददर १९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा छ। हिजो यसको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा रहेको थियो।

अस्ट्रेलियन डलर १ को आज खरिददर १०० रुपैयाँ ९३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १५ पैसा तोकिएको छ। हिजो खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा थियो।
त्यसैगरी कुवेती दिनार १ को आज खरिददर ४७२ रुपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०८ पैसा छ। हिजो यसको खरिददर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा थियो।

बहराइन दिनार १ को आज खरिददर ३८२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३० पैसा कायम गरिएको छ। हिजो यसको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा थियो।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुनसक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरिएको छ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version