एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा दोस्रो जित निकालेको छ।
जुलियन अल्भारेजले ह्याट्रिक गरेको खेलमा एट्लेटिकोले रायो भायेसानोलाई ३-२ ले हरायो।रियाधएयर मेट्रोपोलितानो रंगशालामा एट्लेटिकोले पछि परेको खेल उल्टाएको थियो।
घरेलु टोलीका लागि अल्भारेजको १५ औं मिनेटमा भली गोलमार्फत अग्रता लियो। तर रायो भालेससनोका लागि पेप चाभार्रियाले पहिलो हाफको इन्ज्युरी समयमा करिब ३५ यार्ड टाढाबाट बराबरी गोल फर्काए। ७७ औं आल्भारो गार्सियाले गोल गर्दै रायोलाई अग्रता दिलाए।
त्यसपछि खेल अल्भारेजको नाममा रह्यो। उनले ८० र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यो जितसँगै एट्लेटिको ९ अंकका साथ लिग तालिकाको नवौं स्थानमा छ । रायो भालेसानो १४औं स्थानमै रहेको छ।
अर्को खेलमा रियल सोसिडाडले मालोर्कालाई १-० ले हरायो। गेटाफे र आल्भेसले १-१ को बराबरी खेले।