काठमाडौँ माघ २६। आईसीसी टी–२० विश्वकपमा आयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ। आइतबार भएको उद्घाटन खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १६३ रन बनायो। १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १९ ओभर ५ बलमा १४३ रनमा अलआउट भयो।
श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाए भने कुसल मेन्डिसले अविजित अर्धशतक प्रहार गर्दै ५६ रनको योगदान दिए।

