‘आमाबुवाबारे सोच्नुस्’ भन्दै प्रहरीलाई थर्काउने ‘जेनजी कार्यकर्ता’, दसैँमा गाउँ गएर गरे आमाको हत्या

काठमाडौं  असोज २१ गते। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५, थापाकटेरीमा एक छोराले आफ्नै आमाको विभत्स हत्या गरेका छन् ।

आइतबार राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवनपछि ५५ वर्षीया आमा राममाया कँडेलको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

काठमाडौंमा बस्दै आएका यमबहादुर दसैँ मनाउन फूलपातीको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए ।

घटनाको रात उनले असामान्य ढंगको धारिलो हतियार बोकेर घर प्रवेश गरेका थिए । सुरुमा उनले आफ्ना भान्जालाई खुकुरी प्रहार गर्ने प्रयास गरे । भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजे तर बुवा उम्किए । त्यसपछि उनले आमामाथि हतियार प्रहार गरी टाउको र शरीर छुट्टिने गरी हत्या गरेका थिए ।

खुकुरी प्रहारबाट ज्यान जोगाएर भागेका भान्जाले गाउँमा खबर गरेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

यमबहादुर लामो समयदेखि दुर्व्यसनमा फसेका व्यक्ति भएको र उनलाई सुधारगृहमा पठाउन बुबा गोपबहादुर कँडेललगायत परिवारका सदस्यले पटक–पटक पहल गर्दै आएको प्रहरीले जनाएको छ ।

गत २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा यमबहादुरले प्रहरीसँग झोक्किँदै दिएको अभिव्यक्ति थिएका थिए । उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा फेरि भाइरल भएको छ ।

भिडियोमा उनले प्रहरीलाई चुनौती दिँदै भनेका थिए- ‘ठोक्ने भए गोली ठोक्नू, मार्ने भए मार्नू, आनन्द त आउँछ । देशको चिन्ता छैन, मेरो आत्मा भगवानले लानुहुन्छ । म सुत्न सक्दिनँ किनभने देश र तपाईंहरूको आत्माको चिन्ता गर्छु ।’

त्यो बेला उनले प्रहरीलाई चेतावनी दिँदै आमाबुवा र देशका लागि सोच्न पनि आग्रह गरेका थिए- ‘ म वान म्यान आर्मी हुँ । भारतीय र अमेरिकी पुँजीवादी दलालसँग एक्लै लड्न सक्छु । तपाईंहरूले पनि बेलैमा जनताको लागि सोच्नुस्, आफ्ना आमाबुवाको लागि सोच्नुस् ।’

तर यही व्यक्ति गएराति आफ्नै आमाको हत्या गरेको तथ्य बाहिर आएको छ । घटनापछि प्रहरी चौकी सल्यानकोटले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार उनी यसअघि पनि पटक–पटक विभिन्न आपराधिक घटनामा पक्राउ परेका थिए । उनी कुख्यात गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहसँग आबद्ध रहेर गतिविधि गर्दै आएको बताइएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version