इजरायली प्रधानमन्त्री नेतान्याहू र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आज भेटवार्ता हुँदै

एजेन्सी,असोज १३\अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्दै गाजा शान्ति योजनालाई अघि बढाउन उच्चस्तरीय वार्ता शुरू गर्ने घोषणा गर्नुभएको छ । गएको हप्ता अरब नेताहरूसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले गाजाको झन्डै दुई वर्ष लामो युद्ध अन्त्य गर्ने, हमासले बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने तथा प्यालेस्टिनी लडाकू समूहलाई निशस्त्र पार्ने सम्झौता प्रभावकारी रूपमा अघि बढेको दाबी गर्नुभएको थियो । उहाँले ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै उत्साहपूर्वक सबै पक्ष पहिलो पटक एउटै दिशामा रहेको बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ ।

तर इजरायली प्रधानमन्त्री नेतान्याहुले गएको शुक्रवार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हमासविरुद्ध अन्तिम लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त जनाउनुभएको थियो । उहाँले प्रमुख पश्चिमी देशहरूले मान्यता दिएको प्यालेस्टिनी राज्य निर्माणलाई रोकिने घोषणा समते गर्नुभएको छ । गाजा शहरमा चलिरहेको सैन्य आक्रमण नरोक्ने उहाँको संकेत देखिएको खबरमा उल्लेख छ ।

जसका कारण लाखौँ नागरिक विस्थापित भएका छन् । दुवै नेताले आज साझ उच्चस्तरिय भेट गर्दै संयुक्त पत्रकार सम्मेलन गर्ने तय भएको खबरमा उल्लेख छ । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजा युद्ध शुरू भएको थियो । त्यसपछिको इजरायली आक्रमणले अहिलेसम्म साढे ६५ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान गईसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version