उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खानलाई

काठामाण्डौं , साउन १८ गते राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि बलिउड अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन्।शाहरुखले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कृतज्ञता व्यक्त गर्दै एउटा भिडिओ सेयर गरेका छन्।भिडिओमा उनी हात ब्यान्डेज गरेको अवस्थामा देखिएका छन्। हालै एक फिल्मको सुटिङमा उनी घाइते भएको खबर आएको थियो।भिडिओमा शाहरुखले भनेका छन्, ‘राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि होइन। यसले मलाई के सम्झाउँछ भने म जे गर्छु, त्यसको महत्त्व छ।

यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ। यस अवार्डले मलाई अभिनय एउटा काम मात्र नभएर जिम्मेवारी पनि हो भनेर स्मरण गराउँछ। पर्दामा सत्य देखाउनु एउटा जिम्मेवारी हो।शुक्रबार भारतमा ७१औँ राष्ट्रिय चलचित्र पुरस्कार २०२३ घोषणा गरिएको थियो।यसपटक दुई कलाकारले उत्कृष्ट अभिनेताको अवार्ड पाए।जवानका लागि शाहरुख खान र १२वीं फेल १२औँ फेल का लागि विक्रान्त मेस्सीले उक्त अवार्ड पाएका हुन्।फिचर फिल्म श्रेणीमा हिन्दी फिल्म १२वीं फेलुले उत्कृष्ट फिल्मको अवार्ड पायो।मिसेस चटर्जी भर्सेस नर्वेुमा बलियो अभिनयका लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version