काठमाडौँ फाल्गुन ७— नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
घोषणापत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारीले काठमाडौँबाट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
एमालेका अनुसार घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको जनाएको छ।



