एमालेले आज भृकुटीमण्डपमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने

काठमाडौं ६ मंसिर । नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version