एमाले महाधिवेशनका लागि ११ उपसमिति गठन (सूचीसहित)

काठमाडौं ५ मंसिर। नेकपा एमालेले ११औं महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशनका लागि विभिन्न ११ उपसमिति गठन गरेको हो ।

जसअनुसार प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेललाई सचिवको जिम्मेवारी दिइएको छ ।

जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ ।

त्यस्तै लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी रहेको खाद्य व्यवस्थापन समिति, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको उनले बताए ।

यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।

यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए ।

पूर्ण सूची यस्तो छ–

१) प्रतिनिधि व्यवस्थापन समिति
संयोजकः काशीनाथ अधिकारी
सचिवः माधव ढुंगेल

२) जनपरिचालन समिति
संयोजकः प्रदीप ज्ञवाली
सचिवः राजन भट्टराई

३) आवास व्यवस्थापन समिति
संयोजकः छविलाल विश्वकर्मा
सचिवः लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति
संयोजकः लेखाराज भट्ट
सचिवः भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति
संयोजकः गोकर्ण विष्ट
सचिवः रचना खड्का

६) अतिथि सत्कार समिति
संयोजकः रघुवीर महासेठ
सचिवः महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति
संयोजकः भानुभक्त ढकाल
सचिवः विनोद पाण्डे

८) प्रचार समिति
संयोजकः पद्मा अर्याल
सचिवः राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति
संयोजकः विनोद श्रेष्ठ
सचिवः लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति
संयोजकः कृष्ण गोपाल श्रेष्ठ
सचिवः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति
संयोजकः विष्णु रिमाल
सचिवः विना श्रेष्ठ

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version