यस साइट प्रयोग गरेर, तपाईं हाम्रो गोपनीयता नीति र प्रयोग सर्तहरू सँग सहमत हुनुहुन्छ।
Accept
Bardiya TimesBardiya TimesBardiya Times
Notification Show More
Font ResizerAa
  • होमपेज
  • अन्तर्राष्ट्रिय
    अन्तर्राष्ट्रिय
    Show More
    Top News
    एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य
    1 month ago
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    टेक्सास गोलीकाण्डमा ३ भुटानी शरणार्थीको मृत्यु
    3 weeks ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
    4 days ago
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • कर्णाली प्रदेश
      • गण्डकी प्रदेश
      • मधेश प्रदेश
      • लुम्बिनी प्रदेश
      • वाग्मती प्रदेश
      • सुदूरपश्चिम प्रदेश
  • अर्थ
    अर्थ
    Show More
    Top News
    साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा
    2 weeks ago
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै
    1 month ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    7 hours ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    पारस्परिक हितमा गहन विमर्श
    4 days ago
    अमेरिकी अदालतले गर्‍यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर  
    6 days ago
  • कृषि
    कृषि
    Show More
    Top News
    आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
    4 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    Latest News
    एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
    2 weeks ago
    क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट चार संगठन भूमि ऐन विरुद्धमा
    2 weeks ago
    कोलकत्ता बन्दरगाहबाट रासायनिक मल नेपाल भित्रिँदै : साल्ट ट्रेडिङ
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
  • खेल
    खेल
    Show More
    Top News
    गाजामा इजरायली सेनाद्वारा पूर्व प्यालेस्टिनी फुटबलरको हत्या
    4 weeks ago
    एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य
    1 month ago
    चार क्रिकेटरलाई अधिकतम रकम
    4 weeks ago
    Latest News
    साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
    6 days ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : आज नेपाललाई जित्नैपर्ने दबाव
    1 week ago
    साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग खेल्दै 
    2 weeks ago
    भुटानमाथि नेपालको पुनरागमन जित
    2 weeks ago
  • प्रविधि
    प्रविधि
    Show More
    Top News
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    रूसी वैज्ञानिकहरूद्वारा ग्लियोब्लास्टोमा उपचारका लागि अद्वितीय उपकरण सिर्जना
    1 month ago
    बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    2 weeks ago
    Latest News
    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय
    7 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
    1 week ago
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
  • मनोरञ्जन
    मनोरञ्जन
    Show More
    Top News
    आज पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
    1 month ago
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
  • राजनीति
    राजनीति
    Show More
    Top News
    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम
    1 week ago
    नेपाल ‘एससिओ’को पूर्ण सदस्य बन्ने सम्भावना
    1 week ago
    बागमतीमा ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित
    1 month ago
    Latest News
    एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
    7 hours ago
    एमाले विधान महाधिवेशन आज
    7 hours ago
    बेइजिङको सैन्य परेड (फोटोफिचर)
    2 days ago
    डाक्टरदेखि अभियन्ता हुँदै राजनीतिमा,रास्वपाको उम्मेदवार डा. लेखजंग थापा  
    4 days ago
  • विचार
    विचार
    Show More
    Top News
    प्रचण्डको जवाफपछि माओवादी बैठक सकिने
    1 month ago
    माओवादीले जनमुखी आन्दोलन सशक्त बनाउने सङ्कल्प
    1 month ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
    Latest News
    भ्रष्टाचार विरुद्ध जनपरिचालन अभियानको आवश्यकता र महत्व
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति
    3 weeks ago
    सन्दर्भः भ्रष्टाचार विरोधी अभियान
    4 weeks ago
  • समाज
    समाज
    Show More
    Top News
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
    अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
    2 weeks ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    Latest News
    पशुपतिमा व्रतालुको घुँइचो (फोटो फिचरसहित)
    1 week ago
    थारु समुदायले आज अटवारी पर्व मनाउँदै
    2 weeks ago
    कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु
    2 weeks ago
    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
    2 weeks ago
  • स्वास्थ्य
    स्वास्थ्यShow More
    डेंगु र ‘स्क्रब टाइफस’ फैलिँदै
    2 days ago
    गौर सामूहिक हत्या हो : देव गुरुङ
    2 weeks ago
    विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायलका राष्ट्रपति
    3 weeks ago
    जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा
    3 weeks ago
    पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो
    3 weeks ago
  • विविध
    विविध
    Show More
    Top News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
    Latest News
    चारतारे ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनका लागि तयार
    1 month ago
  • अपराध
    अपराध
    Show More
    Top News
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    Latest News
    अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
    7 hours ago
    सुटकेसभित्र महिलाको शव फेला
    2 weeks ago
  • बिकास
    बिकास
    Show More
    Top News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
    Latest News
    स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण
    2 weeks ago
    बाँकेमा ८५ किलोमिटर सडक निर्माण
    2 weeks ago
Reading: एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)
Share
Font ResizerAa
Bardiya TimesBardiya Times
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Search
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रियराष्ट्रियराष्ट्रिय
    • प्रदेश
  • अर्थ
  • कृषि
  • खेल
  • प्रविधि
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • समाज
  • स्वास्थ्य
  • विविध
  • अपराध
  • बिकास
Follow US
राजनीतिराष्ट्रिय

एमाले विधान महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र (पूर्णपाठसहित)

bardiyatimes
Last updated: September 5, 2025 3:50 am
bardiyatimes
7 hours ago
Share
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
SHARE

काठमाडौं,२० भाद्र । पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् । केन्द्रीय कमिटीको साउन ५–६ गते बसेको बैठकको निर्णयको नाममा आफ्नो नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले केही कुरा राख्ने उद्देश्यसहित पत्र लेखेको उनले उल्लेख गरेकी छन् ।

भण्डारीको प्रश्न छ– ‘त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ?’

उनले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको भन्दै अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको बताएकी छन् । ‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो’ उनले भनेकी छन्, ‘त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु ।’

उनले पत्रमा लेखेकी छन्, ‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ । पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन भन्दै यसलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् भनी अनुरोध गरेकी छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको पत्रको पूर्णपाठ

नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधि कमरेडहरू,
अभिवादन !

नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भैसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेको छु । त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ? यो विषय पार्टी र सिँगो राष्ट्रकै निम्ति गम्भीर हो ।

मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको छु । महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु । अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग मैले कहिल्यै हार मानेको छैन । आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु ।

स्कुले जीवनदेखि नै अनेकौँ संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर म यहाँ आइपुगेँ र फेरि पनि बाँकी जीवन पार्टीमै आबद्ध भएर अगाडि बढ्ने अठोट गरेको छु । तर म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ ।

पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।

स्मरण रहोस्, जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर २०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मेरो पार्टी सदस्यता नवीकरण भैसकेको र मैले आफू नेकपा (एमाले) परिवारको पुनः सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टी मार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेको थिएँ ।

यो विषय मैले उक्त कार्यक्रमको केही दिन पहिले मात्रै पार्टी अध्यक्ष कमरेडसँग मेरो भेट हुँदा मदन जयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने र ७५ औँ मदन जयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनिभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा भएकै हो । अनि उक्त कार्यक्रममा मैले विधिवत रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकोले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जबजको अजेयता, देशमा सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनु पर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यको बारेमा त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेको थिएँ ।

पार्टीको निर्णय अनुसार म मुलुकको राष्ट्रपतिको निर्वाचनमा सरीक भएँ र निर्वाचित भएँ । राष्ट्रपतिमा निर्वाचित भएपछि २०७२ कार्तिक १२ गते प्रेस नोट जारी गर्दै मैले लिइरहेको पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको थिएँ । राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ । तर केही समय यता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौँ व्यङ्ग्य, घोचपेच र मर्यादा विपरित अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चार माध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्यौल र जनतामा भ्रम सिर्जना भएको छ। ती कमरेडहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ ।

मेरो विचारमा जबजले हामीलाई सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग यो मेल खाँदैन । एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ । पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो । अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन् । त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ । तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु । साथै, पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।

मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग समेत जोडिएको विषय हो । मैले हाम्रा कतिपय कमरेडहरूबाट निकट विगतमा पार्टीमा लोकतान्त्रीकरणका लागि गर्नुभएको कठोर संघर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यसो गरिरहँदा पार्टीभित्रै व्यहोर्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेको र बुझेको छु। त्यसबखत म र अरू कमरेडहरूप्रति अनेकौँ टिकाटिप्पणी हुँदा समेत जायज आवाजका लागि साथसाथ हामी लडेकै हौं ।

ती अभियानहरू जो सफलताका लागि निर्णायक समेत बनेका थिए, ती सबै यति चाँडै विस्मृतिमा हराइसके ? वास्तवमा त्यसबेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितका निम्ति नै थियो । त्यसैले, मेरो सदस्यताको विषयमा झिकिएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ । मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अङ्गीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ ।

मेरो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले)सँग जोडिएको छ । कलिलै उमेरदेखि म लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलन, संघर्ष र अभियानमा पार्टीको साथमा रहेको छु । पार्टीका नीतिगत निर्णय कार्यान्वयनमा होस् वा राष्ट्र र जनताका पक्षमा गरिएका संघर्षका कठिन क्षणमा मैले सधैँ पार्टीलाई उच्च प्राथमिकता दिएको छु । यही समर्पणकै कारण त्यसबेला पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा नै विशेष निर्णय गरेर मलाई राष्ट्रपतिको उम्मेद्वार बनाइयो र मैले नेपालको राष्ट्रपति बन्ने अवसर प्राप्त गरेँ । त्यो पदमा रहेर मैले संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो दायित्व पूरा गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

दुर्भाग्यवश, आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । हाम्रो पार्टीको विधानले कहिँ कतैबाट पनि म पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था देखिँदैन । हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन ।

नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको छ र राजनीतिमा क्रियाशील हुन रोकेको छैन । त्यसैले, मेरो बारेमा पार्टीले गरेको भनिएको निर्णय र केही व्यक्तिको साँघुरो चिन्तन र नकारात्मक प्रवृत्तिले पार्टीलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ भन्ने मेरो ठम्याई हो। पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्दछ ।

यस्तो परिपाटीलाई समयमै सच्याउँन सकेनौं भने हाम्रो पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता–कार्यकर्ता बीचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धर्मराउन सक्छ । मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् । यस्तो प्रयासलाई पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले असफल पार्नु पर्दछ ।

मेरो यो आग्रह कुनै व्यक्तिगत आकांक्षाको लागि होइन, बरु पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि हो । म विश्वास गर्छु कि, विधान महाधिवेशनका प्रतिनिधिहरूले मेरो यो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र पार्टीलाई अझ सबल बनाउन मद्दत पुरÞ्याउनु हुनेछ । हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ । हामीले जुन पार्टी निर्माण गरेका छौँ, त्यो केवल सांगठानिक संरचना मात्र होइन, बरु त्यो हाम्रो समर्पण, आकाङ्क्षा, विश्वास र लोकतन्त्रको प्रतीक हो । हाम्रो जीवन छोटो छ, जति नै भनेपनि हाम्रो क्षमता सीमित नै छ, सामूहिकता मूल कुरा हो, त्यसैले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्नु पर्दछ ।

प्रिय कमरेडहरू,

मुलुकको सामाजिक–आर्थिक रूपान्तरणसहितको क्रान्तिको विषय अहम् महत्वको छ । पार्टीको स्थापना र विकास लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रियताको प्रवद्र्धन र जनताको हितका लागि भएको हो । यो निरन्तर अगाडि पर्ने विषय हो । यो सवाल मैले विभिन्न सन्दर्भमा बढाइरहनु उठाउँदै आएको छु र फेरि पनि उठाउने नै छु । त्यसैले, आज म राष्ट्रका जल्दाबल्दा समस्या र तिनको समाधानका विषयमा यहाँ चर्चा गर्न चाहन्न । पछि कुनै सन्दर्भमा यसका बारेमा थप छलफल र अन्तरक्रिया गर्दै धारणाहरू बताउने छु ।

अन्तमा, पुनः एकपटक मेरो सरोकारका माथि उल्लेखित विषयवस्तुहरूप्रति कमरेडहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो पार्टीलाई वैचारिक रूपले निख्खर र सांगठानिक ढङ्गले सुदृढ बनाएर वर्तमानका चुनौतीहरू सामना गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्न सक्दा भविष्यमा हुने सम्पूर्ण जननिर्वाचित निकायहरूमा बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिन्छ । अहिले हामी समाजवादको आधार निर्माण गर्ने चरणमा भएकाले जबजले अँगालेका सामाजिक–आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अग्रसर हुनु पर्दछ । यसो गर्न सक्दा नै समुन्नत नेपाल बनाउने साझा लक्ष्य हासिल गर्न सकिन्छ । यस विषयमा तपाइँहरू गम्भीर बन्नुहोस् भन्ने आग्रह गर्दछु ।दृष्टिबाट
धन्यवाद ।
२०८२ भाद्र १९ गते ।
विद्यादेवी भण्डारी

थारु समुदायले आज अटवारी पर्व मनाउँदै
आज २८ जिल्लामा आकस्मिक बाढीको जोखिम
खुम्चियो प्राधिकरणको नाफा
प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तानको भ्रमणमा जानुहुँदै
प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड
Share This Article
Facebook Email Print
तपाईंलाई कस्तो लाग्यो?
Love0
Sad0
Happy0
Angry0
Cry0
Surprise0
Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow US

Find US on Social Medias
FacebookLike
XFollow
YoutubeSubscribe
TelegramFollow

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
राजनीतिराष्ट्रियविचार

सार्वजनिक आरोप नलगाउने माधव र झलनाथ बीच सहमति

bardiyatimes
bardiyatimes
3 weeks ago
साउनमा मात्रै एक खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा
देशका केही भागमा भारी वर्षाको सम्भावना
अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको महत्त्वाकांक्षी लक्ष्य
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Bardiya Times Online Khabar

  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • स्वास्थ्य
  • खेल
  • समाज
  • प्रविधि
  • मनोरञ्जन

अध्यक्ष तथा प्रबन्ध निर्देशक: बालकृष्ण ओली
baloli260@gmail.com

प्रधान सम्पादक:
बालकृष्ण ओली

सम्पर्क
+977 9858040222
bardiyatimes2057@gmail.com

ठेगाना:
गुलरिया, बर्दिया

Bardiya TimesBardiya Times
Follow US
© BardiyaTimes 2025 All Rights Reserved- Developed by Yuyish Oli
Go to mobile version
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?